Above Article Ad
  • चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना ११ घाइते १ जनाको मृत्यु

    Above Article Content Ad
  • काठमाडौं । पछिल्लो २४ घन्टामा बागमती प्रदेशको चितवनमा भएका फरकपरक दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय, बागमतीले उपलब्ध गराएको तथ्यांकअनुसार चितवनमा मात्रै एकै दिन ६ वटा सवारी दुर्घटना भएका हुन् ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार चितवनको भित्री सडक खण्डमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । मंगलबार भएको उक्त दुर्घटनामा चालक २८ वर्षीय आलोक महतोको मृत्यु भएको छ ।

    Article inline ad #1
  • चितवन नगरपालिका-५ का महतोको दुर्घटनामा गम्भीर चोट लागेको थियो । उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा राति करिब साढे ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    त्यस्तै, चितवनमै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । ध्रुवचोकबाट ढकाल चोकतर्फ आउँदै गरेको ना ५ त ७३०७ नम्बरको ट्याक्टरले भट्ट चोकबाट टेकलाल चोकतर्फ जाँदै गरेको ना २५ प ७१३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    Article inline ad #2

    उक्त दुर्घटनामा चितवन कालिका नगरपालिका-७ बस्ने ४६ वर्षीय रामहरि थापा घाइते भएको र उनको एलाइभ अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक रत्ननगर न.पा.१५ बस्ने वर्ष-२५ को इश्वर परियार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

    चितवनकै रामपुरमा मंगलबार साँझ करिब ७ बजेको समयमा स्कुटरले साइकललाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना २५ प ८३०९  नम्बरको स्कुटर ले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिएको थियो ।

    स्कुटरको ठक्करबाट साइकलमा सवार २३ वर्षीय भीमप्रसाद दराई, उनकी श्रीमती र ५ वर्षीय छोरा घाइते भएका छन् भने स्कुटर चालक चितवन भरतपुर महानगरपालिका-५ बस्ने ४० वर्षीय नरेन्द्र मल्ल पनि घाइते भएका छन् । स्कुटरको पछाडि बसेका मल्लका ६ वर्षीय छोरा पनि सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै, मंगलबार नै चितवनकै धर्मचोकबाट टाइगरचोकतर्फ जाँदै गरेको ना ३५ प ५४२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीया मनकुमारी गौतम घाइते भएकी छन् । दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका-५ नारनपुरका ३५ वर्षीय अर्जुन रिमाल सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ ।

    चितवनमै ना.४५ प ८१०५ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक जिल्ला बारा घर भइ हाल जिल्ला चितवन भरतपुर-९ स्थितमा डेरा गरी बस्ने २२ वर्षीय २२ को सबिर मियाँ घाइते हुन पुगेका छन् । मंगलबार करिब सवना ९ बजेको समयमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक भरतपुर-७ का ४८ वर्षीय कमल पण्डित पनि घाइते भएका थिए ।

    चितवनमै रोकिराखेको कारमा स्कुटर ठोक्किँदा मंगलबार स्कुटर सवार एक जना महिला घाइते भएकी छन् । बा १६ च ८०७७ नम्बरको रोकीराखेको कारको अगाडी बा.प्र.०६-००१प २५१६ नम्बरको स्कुटर ठोक्किएको थियो ।

    उक्त दुर्घटनामा स्कुटरको पछाडि बसेकी भरतपुर-६, ईन्द्रपुरी बस्ने ७० वर्षीय सीता लामिछाने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by