
पुनर्वासमा ट्राफिक हवल्दारद्वोय जोशी र भण्डारी सम्मानित
पुनर्वास -कंचनपुरको पुनर्वास-६मा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले बिहिबार एक कार्यक्रमका बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुरा र बाँकेमा दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्ती र डोकेबजार, कञ्चनपुरमा कार्यरत रहेका दुई जना ट्राफिक प्रहरी हवल्दारलाई उत्कृष्ट कार्य सम्पादन गरेकाले पुरस्कारसहित सम्मान गरिएको छ।
बिहिबार एक कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले उनीहरुलाई सम्मान सहित पुरस्कार गरेको हो संगठनको नीति तथा निर्देशन अनुरुप उच्च अनुशासनमा रही, दिइएको जिम्मेवारी ईमानदारीपूर्वक तथा कर्तव्यनिष्ठाका साथ निर्वाह गर्दै आएका प्रहरी हवल्दार टिकाराज जोशी र जीवन सिंह भण्डारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताउनुभयो ।
उनीहरुले ट्राफिक व्यवस्थापन, राजस्व संकलनमा बृद्धि, कागजपत्रविहीन सवारी साधन नियन्त्रण, अनिवार्य हेल्मेट प्रयोग अभियानलाई निरन्तरता, ट्राफिक जनचेतनामूलक होर्डिङ बोर्ड टाँस तथा प्रशिक्षण लगायतका कार्यहरू अनुकरणीय ढंगले सम्पन्न गरी महत्वपूर्ण भूमिका निर्वाह गरेका भन्दै इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले सम्मान सहित पुरस्कृत गरेको जनाएको छ । सम्मान तथा पुरस्कृत गर्नाले अन्य प्रहरी कर्मचारीलाई समेत प्रेरणा मिल्ने विश्वास लिइएको छ ।















