
सुदूरपश्चिमबाट एसइईमा ५४ हजार परीक्षार्थी सहभागी हुँदै
Above Article Content Ad
कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुँदै छन् ।
परीक्षामा सबैभन्दा बढी कैलालीमा १८ हजार २७८ विद्यार्थी छन् । सबैभन्दा कम बाजुरामा दुई हजार ४२६ विद्यार्थी छन् । दार्चुलामा तीन हजार ५६८, कञ्चनपुरमा १० हजार ८९८, बैतडीमा चार हजार ५२९, अछाममा चार हजार ४९१, बझाङमा तीन हजार ४२१, डोटीमा तीन हजार ३१४ र डडेल्धुरामा तीन हजार ४८ परीक्षार्थी रहेका छन् ।
Article inline ad #1
महानिर्देशक विष्टका अनुसार प्रदेशभर २२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । २२१ केन्द्राध्यक्ष र ३७३ सहायक केन्द्राध्यक्ष तथा दुई हजार ७२८ जना निरीक्षकलाई परीक्षामा गरिएको छ । प्रतिपरीक्षा केन्द्रमा १५ जनाका दरले तीन हजार ३१५ प्रहरी, ४६९ जना परीक्षा सहायक र एक हजार १०३ जना सहयोगी कर्मचारी खटिएको निर्देशनालयले जनाएको छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















