Above Article Ad
  • गौरीफन्टा नाकाको सात स्थानमा चेकजाँच व्यवस्थित गर्न माग

    Above Article Content Ad
  • सीमा क्षेत्रको सुरक्षाको प्रमुख दायित्व नै सशस्त्र प्रहरीलाई दिइएको छ। सशस्त्र प्रहरीले चेकजाँच गरेपछि कञ्चनपुर क्षेत्रमै नेपाल प्रवेश गरेका नागरिकहरूले ल्याएका सामाग्रीको नेपाल प्रहरीले दोस्रो पटक चेकजाँच गर्छ। भारतबाट नेपाल प्रवेश गर्ने पर्यटक, भारतमा काम गर्दै आएका नेपाली, भारतीय बजारमा किनमेलका लागि गएका नेपालीहरू माथि कञ्चनपुर जिल्लाको सुरक्षा टोलीले चेकजाँच गर्छन्।

    Article inline ad #1
  • कञ्चनपुर जिल्लाको सशस्त्र प्रहरी र नेपाल प्रहरीले चेकिङ्ग गरेका नागरिकहरू फेरि कैलाली प्रहरी र सशस्त्र प्रहरीको सम्पर्कमा आउँछन्। मोहना नदीको पुल छेउमा रहेको जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतको टोलीले चेकजाँच गर्छ। ट्राफिक प्रहरीसमेत कैलाली प्रवेशपछि थपिन्छ। कैलाली भन्सार कार्यालयको टोलीसमेत सोही स्थानमा हुन्छ। फेरि भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीहरुले चेकजाँच गर्छन। भारतीय सवारीहरूलाई रोड प्रमिटलगायको कामसमेत सोही स्थानमा हुन्छ। भन्सार शुल्क तिराउने काम पनि सोही स्थानमा गरिन्छ।

    Article inline ad #2

    कैलाली भन्सार कार्यालय, धनगढी पार गरेपछि फेरि सशस्त्र प्रहरीको चेकिङ्ग हुन्छ। सशस्त्र प्रहरीले दोस्रो पटक तथा नेपाल प्रवेश गर्ने नागरिकको सामान पाँचौँ पटक चेकजाँच गरिन्छ। भारतबाट नेपाल प्रवेश गरेका नागरिकहरूको सामान भन्सार कार्यालयको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोक र चौराहमा समेत फेरि कैलाली प्रहरी मातहतको नेपाल प्रहरीले भारतबाट नेपाल प्रवेश गरेका तिनै नागरिकहरूलाई चेकजाँचको नाममा दुःख दिन्छन्। यसरी त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रको सात स्थानमा चेकजाँच हुँदै आएको छ।

    कैलालीमा हालै हाजिर भएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग गुनासो गर्दै नेपाल पत्रकार महासङ्घ कैलालीका पूर्व अध्यक्ष जगत साउँदले त्रिनगर–गौरीफन्टा सीमा नाकामा नागरिकलाई दुःख दिने काम मात्र हुँदै आएको बताए। उनले भने, ‘२०५७ सालदेखि यो विषय उठाउँदै आएका छौँ। तर, गौरीफन्टा सीमा नाकाको सुरक्षा व्यवस्थित भएको छैन। भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई दुःख दिने काम मात्र भएको छ। चेकजाँचलाई व्यवस्थित गर्नु होस्। एक पटक मात्र पूर्ण चेकजाँचको व्यवस्था गर्नु होस्। नागरिकलाई दुःख दिने काम बन्द होस्।’

    नेपाल–भारत सीमा क्षेत्रमा हुने ठुला तस्करी नियन्त्रण गर्न असफल प्रशासनले त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रमा भने नागरिकलाई दुःख दिने गरेको गुनासो गरिएको हो। कैलाली र कञ्चनपुर जिल्ला मातहतमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरूलाई चेकजाँचका नामा पटक–पटक दुःख दिने गरेका पत्रकारहरूले नै आरोप लगाएका छन्। पत्रकार रमेश ऐडीले भारतबाट हुने तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी असफल भएको दाबी गरेका छन्। उनले सशस्त्र प्रहरीले तस्करहरूलाई मिलेमतोमा उन्मुक्ति दिने र सवारी चालकहरूलाई मात्र फसाउँदै आएको घटना प्रमुख जिल्ला अधिकारी रेग्मीलाई सुनाएका छन्। कैलाली जिल्लाको एक सय एक किलोमिटर भारतसँग जोडिएकाले तस्करी हुँदै आएको तर्क पत्रकारहरुको छ। ऐडीले भने, ‘सीमामा सशस्त्र प्रहरी छ। तर, उनीहरू भएको स्थानबाटै ठुलो मात्रामा तस्करी हुँदै आएको छ। सशस्त्र प्रहरीको मिलेमतोमा त हुने हो ? उहाँहरूले तस्करहरू पक्राउ गर्नु हुँदैन। तर, तस्करले भाडामा प्रयोग गरेको रिक्सा भन्सार बुझाउनु भएको छ।’

    खुल्ला सीमानाबाट ठुलो मूल्यको सामान मिलेमतो तस्करी हुँदै आएको आरोप पत्रकारहरूले लगाएका हुन्। तर, हालै मात्र हाजिर भएका कैलालीका प्रमुख जिल्ला अधिकार रेग्मीले सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखहरूसँगको बैठकमा सो विषयमा छलफल गर्ने बताएका छन्। आफूहरू नागरिकको सेवाका लागि तयार रहेको  उनको तर्क छ।

    सीमावर्ती क्षेत्रबाट दिनहुँ बोइलर कुखुरा, माछा, चिनी, केरा लगायतका बस्तुहरू ठुलो मात्रामा तस्करी हुने गरेको बताइन्छ। यस्तो तस्करी सीमाक्षेत्रमा खटिएका सुरक्षा संयन्त्रले नियन्त्रण गर्न सकेको छैन

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by