Above Article Ad
  • कैलाली कारागारबाट १२ वर्ष पहिले जन्म कैदको फैसला भएका पुणे भारतबाट पक्राउ

    Above Article Content Ad
  • धनगढी : ह*त्या अभियोगमा दोषी ठहर भएर जन्म कैदको फैसला भएर कारागार चलान भएका प्रतिवादी १२ वर्षपछि भारतबाट पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका ७ का भक्तबहादुर भन्ने बमबहादुर साउदलाई २०६४ फागुन २४ गते राति गोली प्रहार गरी हत्या गरेको अभियोगमा कैद भुक्त्तान गरिरहेका देवसिंह ठकुरी भन्ने दिपकबहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेर कैलालीमा ल्याएको छ ।

    आज जिल्ला प्रहरी कार्यालय कैलालीमा भएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख पदम बहादुर बिष्टका अनुसार कैद भुक्तानी गरिरहेको अवस्थामा कैलाली कारागारबाट १२ वर्ष पहिले फरार भएका थिए। ज्यान मुद्दा लागेपछि उनी फरार भएका थिए। त्यसको २ वर्षपछि २०६६ असार १० गते हातहतियार तथा खरखजना मुद्दामा पक्राउ परेका थिए।

    Article inline ad #1
  • सो मुद्दामा उनलाई कारागार चलान गरी १ बर्ष कैद सजाय भुक्तान गरिरहेकै अवस्थामा कर्तव्य ज्यानको मुद्दामा कैलाली जिल्ला अदालतबाट २०६७ मंसिर २७ गते फैसला भएको थियो।

    Article inline ad #2

    २०६६ असार ११ गतेदेखि लागू हुने गरी सर्वस्वसहित जन्म कैदको फैसला भएको थियो। सजाय भुक्तान गरिरहेको अवस्थामा २०६९ साउन २२ गते कैलाली कारागारबाट उनी फरार भएका थिए।

    कैलालीको गोदावरी नगरपालिका ११ घर भएका ४८ वर्षका सिंहलाई भारतबाट पक्राउ गरेर बुधबार बिहान कैलाली ल्याइपुर्‍याएको हो। उनीविरुद्ध अन्य मुद्दासमेत रहेको खुलेको छ। २०६२ असोज २ गते मानबहादुर सुनारको हत्या गरेको मुद्दामा पनि फैसला हुन बाँकी देखिएको छ।

    कैलालीको धनगढी १ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले २०६५ असार १० गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोग पनि उनीमाथि छ। कारागारबाट भागेको आरोपमा उनीमाथि अर्को मुद्दा मुल्तबीमा रहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by