
पुनर्वासको कार्गिल डाँडामा एक भारतीय मृत अवस्थामा फेला
Above Article Content Ad
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–४, कारगिल डाँडामा भारतीय नागरिक चन्दनकुमार गुप्ता (४०) मृत अवस्थामा फेला परेका छन्।
स्थानीय बफुल पौडेलको बन्द घरमा गए राति सुतेका गुप्ताको शव आज बिहान १० बजे फेला परेको हो।
Article inline ad #1
स्थानीयले घटना देखेपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक छानबिन गर्दा मृत्यु पुष्टि गरेको छ। केही वर्षदेखि बन्द रहेको घरमा उनी कसरी पुगे भन्नेबारे अनुसन्धान भइरहेको छ।
Article inline ad #2
शवलाई पोष्टमार्टमका लागि बेलौरीस्थित श्रीपुर स्वास्थ्य चौकीमा पठाइएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख महेशबहादुर शाहीका अनुसार, घटना सम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा भइसकेको छ भने मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने छ।
घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad