Above Article Ad
  • डडेल्धुरामा खोटो संङ्कलन हुने काम बन्द

    Above Article Content Ad
  • डडेल्धुराः डडेल्धुरामा खोटो निकासी रोकिएको छ।

    वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नै नगरी खोटो सङ्कलन हुने काम बन्द गरिएपछि अहिले खोटो निकासी रोकिएको छ। डडेलधुराका ५०३ सामुदायिक वनमध्ये ६१ वटा वनबाट खोटो सङ्कलन हुने गरेको डिभिजन वन कार्यालय डडेलधुराका वन अधिकृत भीमबहादुर कँडेलले जानकारी दिए। उनका अनुसार यस वर्ष डडेलधुरामा दिव्या रोजिन टर्पेनटाइन, हिमालयन र माउन्टेन नामक रोजिन कम्पनीले खोटो सङ्कलन गरेका छन्। ती कुनै पनि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) भने गरेका छैनन्।

    Article inline ad #1
  • इआइए नगरेका कारण अहिले तीन वटै कम्पनीले सङ्कलन गरेको करिब आठ लाख किलोग्राम खोटो निकासी हुन सकेको छैन । सामुदायिक वनसँग खोटो सङ्कलन कम्पनीहरूले राजस्व बुझाउने गरेर सम्झौता गरेका हुन्छन्। उनले, भने ‘एउटा वनसँग कम्तीमा पनि पाँच वर्षका लागि सम्झौता हुने गरेको हुन्छ। पाँच वर्षमा एक पटक इआइए गरिनुपर्ने हो तर यस वर्ष त्यो गरिएको छैन। खोटो सङ्कलन गरिसके पनि अहिले सङ्कलक कम्पनी इआइए गर्ने चरणमा रहेको उनले बताए।

    Article inline ad #2

    उनका अनुसार खोटो सङ्कलक कम्पनीहरूले वृक्षरोपण, डढेलो लाग्न नदिन र वन सचेतीकरणका कार्यक्रम अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ तर यी कुनै पनि क्रियाकलाप गर्ने गरेका छैनन् । वन कार्यालयले नीतिगत प्रक्रियामा गए निकासी रोकिने र कार्यालय प्रमुखकै सरुवा हुने प्रवृत्ति रहेको वन अधिकृत कँडेलले बताए। वन जोगाउन र दीर्घकालीन रूपमा वनलाई व्यावसायिक बनाइराख्ने गरी कुनै पनि काम हुन नसकेको उनले बताए।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6