
पुनर्वास–६ का दिपक बि.सी.सहित दुईजनाले तोडे ब्राउन सुगरमा सुदुरपश्चिममै रेकर्ड
पुनर्वास–सुदुरपश्चिममै अहिले सम्मको बढि २ सय ७३ ग्राम ब्राउन सुगर सहित कञ्चनपुरको पुनर्वासका एक जना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार साँझ पुनर्वास नगरपालिका–६ मा अवस्थित पुनर्वास न्यु सम्राट होटलमा बसेर ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा दुई जनालाई लागुऔषध नियन्त्रण ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–६ निवासी अन्दाजी ५० वर्षिय दिपक बि.सी. र दार्चुलाको महाकाली नगरपालिका–३, निवासी ४२ वर्षिय नरसिँह महरा हुन् ।
दुबै जनालाई बिशेष सुचनाका आधारमा होटलमा बसेर कारोबार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको तथ्यांक अनुसार उनीहरुले सुदुरपश्चिममै अहिले सम्मकै रेकर्ड तोडेका छन् ।
पक्राउ परेका बि.सी.नेकपा माओवादीका जनयुद्ध देखिकै सक्रिय कार्यकर्ताका रुपमा चिनिन्छन् ।















