Above Article Ad
  • साना किसान कृषि सहकारी त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा सम्पन्न

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    साधारण सभामा आर्र्थिक बर्ष २०७९÷८० को बार्षिक प्रतिबेदन, आयव्यय र आर्थिक बर्ष २०८०÷८१ को प्रस्तावित आयव्यय तथा कार्ययोजना प्रस्तुत गरिएको थियो ।
    सहकारीले आर्थिक बर्ष २०७९÷८० मा ५ करोड ३४ लाख २१ हजार ३८ रुपैँया आम्दानी गरेको छ । भने ४ करोड ४२ लाख ६९ हजार १ सय ३४ रुपैँया खर्च देखाउँदा सहकारीले ९१ लाख ५१ हजार ९ सय ४ रुपैयाँ खुद नाफा कमाएका प्रतिवेदन संस्थाकी अध्यक्ष दिना निरौलाले प्रस्तुत गर्नुभएको थियो ।

    यस्तै आर्थिक बर्ष २०८०÷८१ को प्रस्तावित आय तर्फ ६ करोड १४ लाख ६७ हजार, व्यय तर्फ ४ करोड ६७ लाख ६५ हजार र खुद नाफा तर्फ १ करोड ३८ लाख २ हजार रुपैँयाको लक्ष्यका साथ आफुहरुले काम गरिरहेको उहाँले बताउनुभयो ।
    त्यसैगरी सहकारीले आर्थिक बर्ष २०८०÷८१ मा ६० बर्ष माथीका शेयर सदस्यहरुलाई तिर्थस्थलको भ्रमण गराउने र अन्तर समुह स्तरीय गोष्ठी, अनिवार्य पशु बिमा, सहकारी अभिमुखीकरण तालीम, वित्तिय साक्षरता तालीम, बेमौसमी तरकारी खेती र पशु संरक्षण तथा पशु स्वास्थ्य तालीम गर्ने योजना बनाएको छ ।
    कार्यक्रममा उत्कृष्ट उद्योगी,ब्यवसायी,शेयर सदस्यहरुलाई सम्मान संगै एकजना शेयर सदस्यको छोरालाई संस्थाले जेटीए भेटनरी अध्ययन गराइरहेको छ । साधारण सभामा उत्कृष्ट राइस मिल उद्योग तर्फ शेयर सदस्य मिना कुमारी सिंह, गोमा दुलाल, देउमाया पौडेल, तालाबती पौडेल, माया देबि शर्मा, प्रभा बोगटी, नानिमाया भाँट, ईश्वरी रोकाया, मनसरा विष्ट र संगिता रायमाझी लाई सम्मान गरिएको थियो । यस्तै, कमला भण्डारी, शुशिला पण्डीत, राधादेबि सुबेदी, पबित्रा शाही, गिता घिमिरे, कमला पुजारा, तुली सुनार, गमना थापा व्यबसायिक केरा खेती गर्ने शेयर सदस्यका रुपमा सम्मानित हुनुभएको थियो । यस्तै पाउरोटीभट्टी, चिप्स नमकीन उद्योगी तर्फ सुनिता तामाङ, बिधाता गिरी, ओम कुमारी आचार्य र दुनाटपरी उद्योग तर्फ सिता खनाल सम्मानित हुनुभएको थियो ।
    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नंम्वर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका साना किसानहरुको पुँजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलि रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सहकारी संचालन गर्न त्यति सहज नभएकाले संस्थालाई दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यहरुको समान जिम्मेवारी रहने बताउनुभयो । उहाँले सहकारीमा आबद्ध भएर खाली बचत गर्ने र ऋिण लिने नगरी भबिष्यका लागि सोचेर केहि नयाँ कामको थालनी गर्नुपर्ने बताउनुभयो । सहकारी किसानहरुको खेती जस्तो रहेको हुदा आफ्नो खेतीको हेरचाँह पनि आफैले गर्नुपर्ने भन्दै उहाँले शेयर सदस्यहरुलाई आफुले गरेको लगानी बारेमा सदैब चनाखो हुन आग्रह गर्नुभयो ।

    Article inline ad #1
  • गरिबहरुको विकास गरिबहरुवाट नै गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ वि.सं. २०६१ सालमा सुरु भएको सहकारीमा हाल २ हजार ७ सय ४७ जना शेयर सदस्यहरु छन । साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष दिना निरौलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कञ्चनपुर क्षेत्र नंम्वर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ प्रमुख अतिथी रहनुभएको थियो । यस्तै साना किसान विकास लघुवित्त वित्तिय संस्था अत्तरियाका अधिकृत कृष्ण गोबिन्द ढुङ्गेल बिशिष्ट अतिथीमा रहनु भएको थियो। संस्थाको उपाध्यक्ष गंगा रोकायाको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका प्रबन्धक कल्पना चापागाइले गर्नु भएको थियो । कार्यक्रममा शेयर सदस्यहरु, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button