
आजबाट पुनर्वासको बागिश्वरीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० हुँदै
पुनर्वास – आजबाट कञ्चनपुरको पुनर्वास नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।
बिहिबार बागिश्वरी माध्यमिक बिधालयको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलन मार्फत सातौ संस्करणको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आजबाट (शुक्रबार) सञ्चालन हुने जनाईएको हो ।
नगरपालिकाको ७ लाख बजेटमा पौष २० देखि २२ गतेसम्म आयोजना हुने प्रतियोगितामा सामुदायिक तथा निजि माध्यमिक तहका २५ बिद्यालयका १८ वर्ष मुनिका बिधार्थी मात्र सहभागी हुने आयोजक पुनर्वास नगरपालिकाका योजना शाखा प्रमुख शंकर बोगटीले जानकारी दिए ।
प्रतियोगितामा बागिश्वरी माध्यमिक बिधालयको खेलमैदानमा सञ्चालन हुने र यस वर्ष उत्कृष्ट खेलाडीहरुका लागि ट्रफी र मेडलको व्यवस्था गरिएको पत्रकार सम्मेलनका प्रस्तोता तथा बागिश्वरीका प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले बताए ।
सो प्रतियोगितामा छात्र–छात्रा भलिबल , कबडी , छोटो तथा लामो दौड, उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ छात्रः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ ब्रा,े ८०० ग्राम, सटफुट १२ पाउन्ड छ भने छात्रा तर्फ हाइजम्प, लडजम्प, त्रिपलजम्प, ज्याभलिड थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड रहने छ भने , मार्सल आर्ट तर्फ (कराँते) छात्रमा ४२ केजी, ४७ केजी, ५२ केजी, ५७ केजी, तथा ’६२ केजी खेल रहने तालिकामा उल्लेख छ ।
पत्रकार सम्मेलनमा पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष बलबहादुर तामाङको सभापतित्व रहेको थियो भने अतिथिमा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी , पुनर्वास जनता माविका प्रधानाध्यापक मानबहादुर तामाङ , सरस्वती माविका प्रधानाध्यापक जितेन्द्र पौडेल लगायत विभिन्न बिद्यालयका शिक्षकशिक्षिकाहरु सहभागी रहेका थिए ।