
बेलौरीमा स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक घाइते
Above Article Content Ad
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिएको छ ।
बेलौरी नगरपालिका वडा नं ५ स्थित रामनगर सामुदायिक वन र पारिजात सामुदायिक वनको बिचमा बेलौरी कलुवापुर सडक खण्डमा बिहानको साढे ६ बजे तिर विपरीत दिशाबाट आउँदै गरेको बा १२ च ३६३२ नम्बरको स्कोरपियोले से २ प ७१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ ।
सो दुर्घटनामा मोटरसाइकलमा सवार बेलौरी नगरपालिका ५ शोभातालका राम प्रसाद चौधरी घाइते भएका छन् । उनको अहिले धनगढीमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने स्कोरपियो प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको बुझिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad