
पार्टी सभापति देउवाले भतिजोलाई छाडेर देलान त अरुलाई मुख्यमन्त्री ?
पुनर्वास–सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारी अल्पमतमा परेपछि नेपाली काँग्रेसमा मुख्यमन्त्री बन्ने रस्साकस्सी चल्यो । हिजो (शुक्रबार) मुख्यमन्त्री सोडारीले अल्पमतका कारण पदबाट राजिनामा दिए । अहिले सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री रिक्त छ ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले आईतबार साँझ ५ बजेसम्म सुचना आह्वान गरेका छन् ।
सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री नेपाली काँग्रेसका भागमा परेको छ । तर काँग्रेसबाट मुख्यमन्त्रीका लागि आकाँक्षी भने चार साँसद छन् । यस अघि मुख्यमन्त्री बनेका कमल शाह दलको नेता भएका कारण चर्चा धेरै छ । त्यस्तै, बहादुर थापा,दिवान सिँह बिष्ट र प्रकाश देउवाको पनि आफ्ना निर्वाचन क्षेत्रका नेताहरुले चर्चा परिचर्चा गरिरहेको सुनिन्छ ।
अझै बढि पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाको पनि चर्चा छ । एकथरी नेताहरुले यतिबेला युवालाई नेतृत्व दिनुपर्छ भन्ने नारा समेत गरेका छन् । भने केहि नेताहरुले पार्टीको सिस्टम अनुसार मुख्यमन्त्री नियुक्त हुनुपर्छ भन्ने तर्क राख्दैआएको देखिन्छ ।
तर काँग्रेसकै एक नेताले पार्टी सभापति देउवाले भतिजोलाई छाडेर अरुलाई मुख्यमन्त्री दिन नसक्ने कुरा खोलेका छन् । “हरकसैले आफु पदमा हुँदा आफ्नैलाई संरक्षण गर्ने प्रवृत्ति छ, त्यो मुख्यमन्त्री नियुक्तका लागि नेपाली काँग्रेसमा पनि नहोला भन्न सकिन्न ।” उनले भने, “यदि पार्टीमा योगदानका हिसाबमा नहेरी आफ्नालाई संरक्षण भए पार्टीमा द्धोन्द अवश्य हुन्छ ।”