Above Article Ad
  • बेलौरीको बैशाखीबाट ट्याक्टरसहित दुई ट्राली भारतीय उखु नियन्त्रण

    Above Article Content Ad
  • पुनर्वास–भारतबाट नेपाल भित्र्याइदै गरेको ट्याक्टरसहित दुई ट्राली उखु कञ्चनपुरको बेलौरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बुधवार राती करिब १० बजेतिर बेलौरी नगरपालिका–१, बैशाखीको सीमा क्षेत्रबाट भे.१त. ३२८६ नम्बरको ट्याक्टरसहित दुई ट्राली उखु नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक गौरी प्रसाद जैशीले जानकारी दिए ।

    Article inline ad #1
  • प्रहरी निरिक्षक जैशीले बेलौरी प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीको संयुक्त प्रयासमा दुई ट्राली उखु नियन्त्रणमा लिएपनि चालक भने प्रहरी देख्दा भागेको बताए ।

    Article inline ad #2

    नियन्त्रणमा लिएको ट्याक्टरसहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाउने तयारी भईरहेको छ । भने यस अघि पनि बेलौरी प्रहरीले चालक सहित १ ट्राली उखु नियन्त्रणमा लिई भन्सार कार्यालय पुर्याएको थियो ।

    त्यस्तै, भारतबाट उखु भित्रिँदा एकातिर सरकारको राजश्व चुहावट भईरहेको छ । भने अर्कोतर्फ सरकारले किसानका लागि दिने अनुदान रकममा समेत यसरी खुल्ला सीमाबाट भारतीय उखु भित्रिँदा बिचौलीयाहरुले नेपाली उत्पादन देखाएर अनुदान खाईरहेको देखिन्छ ।

    स्थानीय एक व्यक्तिले बेलौरीको महाकाली मिलका लागि टेडुवा,भुडा लगायतका क्षेत्रबाट धेरै मात्रामा भित्रिने उखु प्रहरीले नियन्त्रण गरेपनि अहिले बैशाखी क्षेत्रबाट महाकाली सुगर मिलका लागि उखु जाने गरेको जानकारी दिए ।

    सो क्षेत्र प्रहरीहरुको निगरानीबाट टाढा रहेकाले बिचौलियाहरुले बैशाखी नाकाको प्रयोग गरी उखु ल्याउने गरेको स्थानीयहरुबाट बुझिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button