Above Article Ad
  • सर्वत्र चर्चा कमाएका त्रिभुवनबस्तीका प्रहरी प्रमुख भट्टद्वारा चौमासिक कार्यप्रगती सार्वजनिक

    Above Article Content Ad
  • पुनर्वास – ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको जिम्मेवारी सम्हालेका प्रहरी निरिक्षक हेमराज भट्टले चार महिनाको प्रहरी सफलता र चुनौतीका विषय सार्वजनिक गरेका छन् ।
    शुक्रबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्राङ्गणमा आयोजित “नागरिक सुनुवाई कार्यक्रम” मार्फत जिम्मेवारीको चार महिने प्रगती र चुनौतीका विषयहरु सार्वजनिक गरेका हुन् ।

    गत भदौ ११ गते त्रिभुवनबस्तीको कार्यभार सम्हालेका प्रहरी निरिक्षक भट्टले सुरुवातीमै पोलिक्लिनिक भित्र भईरहेको “जुवा अपरेशन” बाट जुवाडेलाई नियन्त्रण गरेपछि सुरुवातीमै चर्चामा आएका थिए ।

    Article inline ad #1
  • सुरुवातीको चर्चासँगै पुनर्वासमै हलचल मच्चाएका प्रहरी निरिक्षक भट्टलाई नौलो ठाउँ भएकाले पुनर्वास त्यति सहज भने थिएन । तर हरदम जनताको सेवकका रुपमा आफुलाई सम्झने र प्रहरी संगठनको अपराध अनुसन्धानमा लामो अनुभव बटुलेका प्रहरी निरिक्षक भट्टको कार्यशैलीले पुनर्वासीहरु सुरुवातीमै आश्चर्य चकित हुन पुगेका थिए ।

    Article inline ad #2

    प्रहरी निरिक्षक भट्टले आफु आउनु अघि नै पुनर्वासको आई.बी.आर.डी.मा एक युवतीको भएको रहस्यमय घटनाको अनुसन्धान थालेको केहि दिनमै घटनामा संलग्न अपराधीहरु पक्राउ गरी सार्वजनिक गर्न सफल बने । प्रहरी प्रति गुमेको विश्वासले त्यस घटनालाई कठोर प्रकृतिका घटनाका रुपमा स्थानीयले विश्लेषण गरिरहेका थिए । तर घटनालाई अन्तिम चरणमा पु¥याउँदा प्रहरी प्रमुख भट्टको सर्वत्र चर्चा गुन्जियो ।

    उनले जिम्मेवारी सम्हालेको पहिलो महिनामै उत्कृष्ट कार्य प्रगती दखाएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सम्मानित हुने अवसर पाए ।

    उनको कार्यप्रगतीमा हाल सम्म बिभिन्न शिर्षकका आपराधिक घटनामा १९ वटा मुद्दा दर्ता गरि २९ जना प्रतिवादीहरुलाई पक्राउ गरि कानुन बमोजिम कारबाही गरिएको तथ्यांक छ । त्यस्तै लागु औषध शिर्षकमा तीन मुद्दा दर्ता भएपनि चार जना प्रतिवादीहरु पक्राउ परे जसमध्ये २ जना भारतिय नागरिकबाट लागु औषध अफिम कुल तौल ४ सय ६८ ग्राम र ४ सय ५० मिलिग्राम बरामद गरेका थिए । लागु औषध खैरो हेरोइन १ सय ७० मिलिग्राम बरामद गरिएको नागरिक सुनुवाई कार्यक्रम मार्फत जानकारी दिए ।

    प्रहरी निरीक्षक भट्टले अपराध तथा लागुऔषध मात्रै हैन चार महिने अवधीमा अबैध रुपमा भन्सार छलि ल्याएका लुगा कपडा, खाद्यान्न, लगायतको करिब २० लाख ८ हजार ८ सय दश रुपैयाँ मुल्य बराबरको मालसामान बरामद गरि भन्सार कार्यालय पठाईएको छ । त्यसैगरी,बढ्दो सवारी दुर्घटना र सम्भाव्य अपराधिक गतिविधि न्यूनीकरणलाई अनुसरण गर्दै विभिन्न ३७ विद्यालयहरुमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको बताईएको छ ।

    प्रहरीलाई प्रविधिमैत्री तरिकाले अपराध अनुसन्धानमा डो¥याउन आफु अनवरत रुपमा स्थानीय सरकारसँगको सहकार्यमा रहेको र प्रहरी संगठनको जिम्मेवारीलाई शिरोधार्य गर्दै निरन्तर आफ्नो कर्मप्रति कटिबद्ध हुने प्रहरी निरिक्षक भट्टले प्रतिबद्धता व्यक्त गरे ।

    पुनर्वासका मेला महोत्सवमा व्यापक रुपमा हुने खडखडे जुवालाई समेत प्रहरी निरिक्षक भट्ट रोक्न सफल भएको कुरा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी रानाले बताईन ।

    त्यस्तै, निर्वतमान नगर प्रमुख जिवनराज थापाले प्रहरीले सुरक्षा व्यवस्था फराकिलो बनाएको प्रति धन्यवाद व्यक्त गर्दै नगरको पहिलो विकास नै सुरक्षा भएकाले नगरपालिकाले आवश्यक सहयोग गर्नुपर्ने बताए ।
    उनले कतिपय सहयोगको सदुपयोग नदेखिने भएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिई स्थानीयलाई सहज अमनचयनको वातावरण सिर्जना गर्नुपर्ने धारण राखे ।

    त्यसैगरी, “गलत गतिविधिको नियन्त्रण सुरक्षा निकायकै मात्र दायित्व हैन ।” यसमा हामी जिम्मेवार हुन जरुरी छ । तबमात्रै पुनर्वास क्षेत्रलाई एक भिन्न नगरपालिकाको रुपमा चिनाउन सकिने पुनर्वास नगरपालिकाकी निर्वतमान उपप्रमुख शारदा बिष्टले बताईन ।

    पुनर्वासको सुरक्षा प्रति देखाएको सक्रियता र उपलब्धीको उच्च प्रशंसा गर्दै सहभागी अतिथीहरुले आगामी दिनमा थप सशक्त रुपमा गलत गतिविधिको नियन्त्रण हुनेमा विश्वास लिएको बताएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button