सुदूरपश्चिम प्रदेश स्तरीय युवा यू–१९ छनौटमा ३६ खेलाडी छानिए
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश स्तरीय युवा यू–१९ छनौटमा ३६ खेलाडी छनौटमा परेका छन् । पुनर्वास नगरपालिका १० विकास–भीमबस्ती अवस्थित लालझाडी युवा क्लब –११ को खेलमैदानमा दुई दिनसम्म स भएको खेलाडी छनौट कार्यक्रममा कैलाली कञ्चनपुरका ३६ खेलाडी छनौटमा परेका हुन् ।
सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा भएको प्रदेश स्तरीय युवा यू–१९ खेलाडी छनौट साउन १९ र २० सम्म सञ्चालन भएको थियोे । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को कार्यक्रम अनुसार २०८० असोज ४ देखि १३ गते सम्म नेपालको काठमाडौँमा आयोजना हुने साफ यू–१९ च्याम्पियनसिप २०२३ मा नेपाली राष्ट्रिय युवा (यु–१९) फुटबल टिम सहभागीताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय युवा यू–१९ खेलाडी छनौट कार्यक्रम भएको हो ।
सो छनोटमा परेका खेलाडीलाई सोमबार एक कार्यक्रमका बिच प्रमाण पत्र प्रदान गरिएको सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका महासचिव काशीराम बोहराले जानकारी दिए ।
अब छनोट भएका खेलाडीले असोज ४ देखि १३ गते सम्म नेपालको काठमाडौँमा आयोजना हुने साफ यू–१९ च्याम्पियनसिप २०२३ मा नेपाली राष्ट्रिय युवा (यु–१९) फुटबल टिममा सहभागी जनाउने पाउने छन् ।
को-को परे छनोटमा