Above Article Ad
  • नेपालीलाई ठग्दै भारतीय एलआईसी बीमा कम्पनी

    Above Article Content Ad
  • पुनर्वास–भारतीय जीवन बीमा निगम (एलआईसी)बाट थुप्रै नेपालीहरु ठगिदै आएका छन् ।
    १५ वर्षे अवधी बनाई भारतीय बीमा अभिकर्ताबाट बिश्वासकै आधारमा बीमा गरेका नेपालीहरु बीमा निगमबाटै ठगिदै आएका हुन् ।

    बिमितले तोकिएको बीमा अवधी पुरा गरि रकम फिर्ता माग्दा बचत रकम भन्दा कमको चेक कम्पनीले दिँदै आएको छ ।
    यस्तै एलआईसी बीमा निगमको ठगी फन्दामा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की लक्ष्मी रिमाल परेकी छन् ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • उनको भारतीय जिवन बीमा निगम (एलआईसी) मा सन् २००६ जनवरी २८ मा एक लाखको बीमा पालिसी दर्ता भएको छ । उनले नियमित वर्षेनी भारतको उत्तर प्रदेश स्थित कम्पनीको सम्पर्क कार्यालय सम्पुर्णानगर र कहिले एलआईसीका बीमा अभिकर्ता मार्फतबाट ७ हजार ७ सय ३८ रुपैयाँ बिमा रकम भुक्तानी गर्दै आएकी थिईन ।

    Article inline ad #2
  • बीमाको १५ वर्षे अवधी पुरा भएपछि आफ्नो बिमांक रकमका लागि कार्यालयमा सम्पर्क गर्दा केहि महिनामा चेक पाईन तर आफ्नो बचत किस्ता भन्दा कम रुपैयाको ।
    कम रुपैयाँको चेक पाएपछि बीमा निगमका म्यानेजरसँग बुझ्दा बिमा अभिकर्तासँग बुझ्नुभन्दै पंजाब नेश्नल बैंकको ५६ हजार २ सय ७२ रुपैयाँको चेक हातमा दियो । उनका श्रीमान भद्रकृष्ण रिमालले भने, त्यसपछि सम्पूर्णानगर सम्पर्क शाखा र मिलनबजारका बीमा अभिकर्तालाई किन रकम कम दियो भनि सोध्दा बीमा कम्पनी घाटामा गएकाले भन्ने कारण दिए । कम्पनी घाटामा भए आफुले यो रकम पनि छाडिदिने हैन भने कानुनी प्रक्रियामा जाने कुरा अभिकर्तालाई सुनाएको लक्ष्मीका श्रीमानले बताए ।

    फरक देश भएका कारण आफुले कुनै कानुनी प्रक्रियामा नगएको बताउदैँ अबका दिनमा भारतीय बीमा कम्पनीबाट कसैले पनि बीमा नगर्न उनले अनुरोध गरेका छन् ।
    उनी जस्तै अर्का बिमित कोहलपुर बाँके निवासी प्रेम प्रसाद शर्माको समस्या झन जटिल छ । उनले पनि एक लाखको बिमा भरेको सन् २०१६ मा १५ वर्ष पुरा हुँदा पनि अहिले ६ वर्ष बितिसक्दा सम्म पाउनुपर्ने रकम पाएका छैनन् ।

    बीमा अवधी पुरा भएका बिमितले पाउने रकमका विषयमा नेपाल लाईफ ईन्स्युरन्स कम्पनी आईंबी.आर.डी.का शाखा प्रबन्धक नरेश कोईरालालाई बुझ्दा दुबै देशका बीमा कम्पनीको नियम प्रायः एउटै हुने गरेको बताए ।
    “हाम्रो कम्पनीले अवधी पुरा भएका बिमितलाई २४ घण्टा भित्रै पाउनुपर्ने रकमको चेक दिँदै आएको छ ।” प्रबन्धक कोईरालाले भने, “तर भारतीय जिवन बीमा निगमले भने नेपालीलाई निकै सास्ती दिँदै आएको सुनिन्छ ।”

    उनले आफ्नै मामाको समस्यामा एलआईसीको शाखा कार्यालय सम्पूर्णानगरमा बुझ्न जाँदा नभएकै नियमका कुरा गर्दै बिमाँक रकम पाउन केहि महिना कुर्नुपर्ने भन्दै फर्काउने गरेको कुररा सुनाए ।
    नेपालीलाई बिनाकारण सास्ती दिने काम भारतीय बीमा कम्पनीले गरिरहेको र आफ्ना सुचारु रहेका बीमाका विषयमा बुझि अबका दिनमा नेपालकै बीमा कम्पनीबाट बीमा गराउन सम्पूर्ण नेपालीलाई उनले आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button