Above Article Ad
  • बेलौरी भन्सार नाका संचालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

    Above Article Content Ad
  • कञ्चनपुर ।  कञ्चनपुरको बेलौरी भन्सार नाका संचालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाईएको छ । शुक्रबार बेलौरी उद्योग वाणिज्य संघले प्रधानमन्त्री प्रचण्डलाई काठमाण्डौँ बालुवाटारमै भेटेर ज्ञापन पत्र बुझाईएको हो ।

    पुर्व खानेपानीमन्त्री एव माओवादी नेतृ बिना मगरको नेतृत्वमा बेलौरी उद्योग वाणिज्य संघले भन्सार नाका खुलाका लागि ज्ञापन पत्र बुझाएको जनाईएको छ ।

    Article inline ad #1
  • नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिमिल्सेनाले लामो समयदेखि संचालनमा आउन नसकेको बेलौरी भन्सार नाका संचालन गर्नुपर्ने माग अघि सारेर बेलौरी उद्योग वाणिज्य संघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । यस अघि पनि बेलौरी उद्योग वाणिज्य संघले अधिल्ला सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै आएका थिए ।

    Article inline ad #2

    यसका साथै सुप विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको सुप विश्वविद्यालयको ११ साधारण सभाबाट बेलौरीकै महाकाली बहुमुखी क्याम्पसलाई आगिक क्याम्पस बनाउने निर्णयको स्वागत गर्दै धन्यवाद ज्ञापन समेत गरिएको छ ।
    बेलौरी भन्सार नाका विस्तारका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र महाकाली बहुमुखी क्याम्पस सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने विषयमा प्रधानमन्त्रीलाई ज्ञापन तथा धन्यवाद ज्ञापन कार्यक्तममा माओवादी नेतृ एव पुर्व मन्त्री बिना मगर सहित, बेलौरीनगरका प्रमुख पोतिलाल चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट, महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष हरेन्द्र विष्ट(होसियार), सहितका वाणिज्य संघका पदाधिकारी एव बेलौरीका अगुवाहरुको सहभागिता रहेको थियो । 

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6