Above Article Ad
  • आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

    Above Article Content Ad
  • काठमाडौँ । संसदले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । प्रतिनिधिसभाले विनियोजन विधेयक २०८० बहुतले पारित गरेको हो ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

    Article inline ad #1
  • यसअघि विपक्षी दल नेकपा एमालेले विधेयक पारित गर्नका लागि मतविभाजन गर्न सभामुखसमक्ष माग गरेको थियो । मतविभाजनअनुसार बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले जानकारी दिए ।

    Article inline ad #2

    गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

    गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button