Above Article Ad
  • आज सुदूरपश्चिम प्रदेशको मन्त्री मण्डल विस्तार हुँदै

    Above Article Content Ad
  • धनगढी । शुक्रबार हुने भनिएको सुदूरपश्चिम प्रदेशको सरकार विस्तार शनिबार हुने भएको हो । नागरिक उन्मुक्तिले आन्तरिक छलफल गर्ने भन्दै शनिबार बिहान १० बजे सम्मको समय मागेपछि शुक्रबारको शपथ ग्रहण रोकिएको हो ।

    माओवादी संसदीय दलका नेता खगराज भट्टले सत्ता गठबन्धनका दलहरू बिच मन्त्रालयका बिषयमा सहमति नभएपछि शुक्रबार सरकार विस्तार हुन नसकेको बताए । चार मन्त्रालय अहिले मन्त्री विहीन छन्। छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २–२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए।

    Article inline ad #1
  • Admission Open

  • चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको र नागरिक उन्मुक्तिले शनिबार १० बजे सम्मका लागी समय मागेको बैठकमा सहभागी भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले जानकारी दिए।

    Article inline ad #2
  • नागरिक उन्मुक्तिलाई १ मन्त्रालयमा मनाउने बिषयमा छलफल भएको थियो तर उनीहरुले यस बिषयमा छलफल गर्ने बताएर बैठकबाट निस्किएका हुन्।

    नागरिक उन्मुक्ति सहमति भएमा भोलि तीन दलबाट नभए दुई दलबाट मन्त्री नियुक्त हुने छन्। माओवादी केन्द्रले पाउने २ मन्त्रीमा सहमति भइसकेको छ। रमेश धामी र झपट साउद मन्त्री बन्ने पक्का छ। नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय भइसकेको छ। नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने सम्भावना छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button