
पुनर्वासमा बिधुत तार विस्तारका क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-३, आई.बी.आर.डी. मा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार बिहान साढे ९ बजेको समयमा ११ हजार भोल्टको करेन्ट लागेर अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.को नजिक पुनर्वास नगरपालिका-१, पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको हो ।
काम भईरहेको क्षेत्रको ट्रान्सर्फमरबाट ठेकेदार कम्पनीका कर्मचारीले बिधुत कटौती गरि काम सुरु गरेको १५ मिनेट पछि एक्कासी बिधुत सुचारु हुँदा काम गरिरहेको अवस्थाबाट पोलबाट खसेर मृत्यु भएको हो ।
सुरुमा घाईते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्युु भएको बिधुत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले जानकारी दिए ।
केही दिन देखि आई.बी.आर.डी. क्षेत्रमा अपग्रेडिङको काम भईरहेको थियो । हामीले सूचना पनि जारी गरेका छौ । तर बिधुत कटौती गरिसकेपछी घटना कसरी हुन गयो भन्ने विषय अनुसन्धान गरि पत्ता लगाउने उनले बताए ।
पुर्णागिरी कन्स्ट्रक्सन प्रा.लि.ले नेपाल विधुत प्राधिकरणबाट ठेक्का लिई लाईन अपग्रेडिङको काम गरिरहेको थियो । मृतक राना कामदारहरुका ठेकेदार हुन् ।