
राष्ट्रिय वृक्षारोपण दिवस पुनर्वासमा पनि मनाइयो
Above Article Content Ad
पुनर्वास । कञ्चनपुरको पुनर्वासमा पनि राष्ट्रिय वृक्षरोपण दिवस मनाईएको छ । पुनर्वास नगरपालिका ११ स्थित दुई वटा सामुदायिक वनमा बिरुवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको छ ।
कुण्डा सव वन डिभिजन पचकडियाको संयोजनमा अमर गोकुल र अमर श्री कृष्ण सामुदायिक वन उपभोक्ता समूहमा बिरुवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको कुण्डा सव वन डिभिजन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले बताए ।
Article inline ad #1
`सन्ततिका लागि सोचौ , समृद्धि र हरियालीका लागि रुख रोपौ´ भन्ने नाराका साथ राष्ट्रिय टिक, अमला,जामुन, टाकी मसला प्रजातीका विरूवा वृक्षारोपण गरी मनाईएको हो ।
Article inline ad #2
आफ्नो निजी जग्गा, सामुदायिक वन, धार्मिक बन, नदी उकास जग्गा,सार्बजनिक जग्गा,विद्यालयको जमीनमा वृक्षारोपण गर्न कुण्डा सव वन डिभिजन कार्यालयले आह्वान गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad