Above Article Ad
  • जीवन रानाले गरिन् रानाथारू समुदायबाट पहिलो विद्यावारिधि

    Above Article Content Ad
  • धनगढी । नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट धनगढीकी डा. जीवन रानाले पहिलो पटक विद्यावारिधि गरेकी छन् । आफ्नो समुदायबाट विद्यावारिधि गर्ने उनि पहिलो व्यक्ति बनेकी छन् ।

    उनले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेकी हुन् । रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पारेकी थिईन् ।

    Article inline ad #1
  • कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारू समुदायको शैक्षिक अवस्था अझै पनि सन्तोषजनक छैन। पछाडि परेको समुदायबाट आफूले विद्यावारिधि गरेपछि रानाले यसलाई ठूलो उपलब्धि भएको बताईन्। नेपाली कांग्रेसको राजनीतिमा पनि क्रियाशील राना विभिन्न सामाजिक संस्थामा पनि आबद्ध रहेकी छन् ।

    Article inline ad #2

    उनले रानाथारू समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतको विकासका लागि पैरवीसमेत गर्दै आएकी छन् ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by