Above Article Ad
  • पुनर्वासमा घाटीमा खुकुरी तेर्साएर लुटपाट, गिरोह खोज्न प्रहरीलाई सकस

    Above Article Content Ad
  • पुनर्वास– कंचनपुरको पुनर्वासमा घाटीमा खुकुरी तेर्साएर लुटपाट गरिएको छ ।

    शुक्रबार बिहान साढे चार बजेतिर पुनर्वास नगरपालिका–२ मा पर्ने हुलाकी सडकखण्डको फरक फरक स्थानबाट घाटीमा खुकुरी तेर्साएर दुई जनालाई लुटपाट गरिएको हो ।

    Article inline ad #1
  • आफुले उत्पादन गरेको तरकारी बिक्रिका लागि धनगढी लैजादै गरेका बेलौरी नगरपालिका–३,पडाउका धम्मल चौधरी अज्ञात टोलीबाट लुटिएका छन् । उनले बाईक रोकेर हामी जिल्ला प्रहरी कार्यालयबाट खटिएका सिआईडी प्रहरी हौ । ब्राउन सुगर केहि त बोकेको छैन् भन्दै घाटीमा खुकुरी तेर्साएर करिब सात हजार रकम लगेको जानकारी दिए ।

    Article inline ad #2

    त्यस्तै बेलौरीबाट धनगढी जादै गरेका गोदावरी नगरपालिका–६ घरभएका अर्का व्यक्ति नारायण चौधरी पनि यसरी नै लुटिएका छन् । उनलाई पनि जिल्लाबाट खटिएको सिआईडी प्रहरी हौ भन्दै खुकुरी घाटीमा तेर्साएर दश हजार पाँच सय रकम लगेर गएको बताए ।

    घटनाको विषयमा अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी. मा शुक्रबार लुटपाट गर्नेहरुको हुलिया सहित निवेदन परेपछि प्रहरीले उनीहरुको खोजीमा आफ्नो सक्रियता निकै बढाएपनि पत्ता भने लगाउन सकेको छैन । अस्थायी प्रहरी पोष्टका प्रमुख मुकेश सिंहले बाईक र मान्छेको हुलिया पिडित पक्षले भने अनुसार आफ्नो टिम निरन्तर खोजी गरिरहेको जानकारी दिए । “केहि व्यक्तिहरुलाई निगरानीमा राखेर खोजी गरिरहेका छौ ।“उनले भने, “लुटिएका व्यक्तिको चासो खास्सै देखिएन, त्यै पनि प्रयासमै छौ । केहि दिनमा भएपनि पक्राउ गरेरै छाड्छौ ।“

    पुनर्वासको निकै चहलपहल भईरहने हुलाकी सडक खण्डमै एकाबिहानै यसरी लुटपाट हँुदा पुनर्वासमा सुरक्षा निकायलाई चुनौतीको विषय बनेको छ । प्रहरीको सक्रियता हुँदा हुँदै पनि खुकुरी घाटीमा राखेर लुटपाट हुनुले पुनर्वासका स्थानीयहरु असुरक्षित महशुस मात्रै नभई यस घटनामा संलग्नहरुको के प्रहरीले पत्ता लगाउन सक्ला त ? भन्ने प्रश्न यतिबेला जनमानसमा खेलीरहेको देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by