Above Article Ad
  • विधुतको समस्या समाधान गर्न सांसद तामाङको माग   

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सांसद तारा लामा तामाङले विधुतको समस्या र सो बाट परेको असरबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
    प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले कञ्चनपुरको बेलडाँडी, लालझाडी ,बेलौरी र पुनर्वास क्षेत्रमा दैनिक जसो हुने गरेको अघोषित लोडसेडिङ र विधुतआएको वेला पनि पावर डिमको कारण परेको असर र विधुतका कारण नागरिकले खेप्नुपरेको सास्ती छिटो भन्दा छिटो समाधान गर्न माग गरेका हुन् ।
     यस्तै सांसद तामाङले असार लागि सक्दा पनि कैलाली कञ्चनपुर लगायतका क्षेत्रमा वर्षा नहुँदा बढेको गर्मीले जनजीविकामै असर गरेको बताउँदै रोपाइँको बेला आफ्नो क्षेत्रका जनताहरुले ठुलो सास्ती ब्योहोर्नु पर्दा आफू निकै  दुःखी भएको र सो समस्या छिटो समाधान गर्न सम्बन्धीत निकायलाई सभामुख मार्फत ध्यानाकर्षण गराए । उनले शून्य समयमा बोल्दै गए राती अविरल बर्षाको कारण कोशी प्रदेशमा आएको बाढी र पहिरोको कारण २५ जना व्यक्तिहरू बेपत्ता हुनुका साथै ठुलो धनजनको क्षति भएको प्रति दुःख व्यक्त गरे ।
    कोशी प्रदेशमा आएको बाढी पहिरो पीडितहरूको प्रभावकारी खोज उद्धार गर्न र थप क्षति हुन नदिन विशेष सतर्कताका अपनाउन सरकारसँग माग गरे । यस्तै उनले देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको यथोचित माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
    सरकारको नीति तथा कार्यक्रममा आन्दोलित शिक्षकहरूको माग सम्बोधन गर्ने भने पनि आर्थिक वर्ष २०८०/८१ को बजेटले सम्बोधन नगरेको भन्दै  उनीहरूको मागलाई तुरुन्त सम्बोधन गर्न सरकार समक्ष आग्रह गरे ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button