Above Article Ad
  • बेलौरीको महाकाली सुगर मिलमा भारतीय उखु रोक्दा किसान पक्राउ , मुलगेटमा तालाबन्दी

    Above Article Content Ad
  • कञ्चनपुर – कञ्चनपुरको बेलौरी स्थित महाकाली सुगर मिलमा भारतबाट भित्र्याइदै गरेको उखु रोक्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ । बेलौरी नगरपालिका -१० शिवनगर स्थित महाकाली सुगरमिल नजिक शनिबार राती केही स्थानीयहरुले भारतबाट आएको उखु भन्दै ट्याक्टर ट्रालीलाई रोकेका थिए ।

    बाटोमा ट्याक्टर ट्राली रोकिएपछि केहि बेर बादबिवाद भएको थियो। धेरै विवाद हुन थालेपछि महाकाली सुगर मिलमा आउदै गरेको उखु रोक्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    Article inline ad #1
  • ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक कृष्ण कुवरले मिलको गेटमा आएका ट्याक्टर ट्रालि रोकिरहेपछी सोधपुछ गर्न पक्राउ गरेको बताए ।

    Article inline ad #2

    किसान पक्राउ परे पछि उनका आफन्तहरुले अहिले मिलको प्रवेश गेटमा ताला लगाएका छ्न । भारतबाट उखु भित्रिने गरेको, मिलले फोहर व्यवस्थापन नगर्दा सास्ती खेप्न परेको, मिल संचालन हुदा भएका थुप्रै सम्झौता पूरा नभएको भन्दै मिल वरपरका स्थानीय आक्रोशित भएका छन ।

    अत्तरीया अनलाईनबाट

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button