Above Article Ad
  • त्रिभुवनबस्ती प्रहरीको बाख्रा काण्ड : रकम खाएर चोरलाई उन्मुक्ति दिएको निवेदकहरुबाट आरोप

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वासमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई बाख्रा चोरलाई उन्मुक्ति दिएको आरोप लागेको छ ।

    कात्र्तिक ४ गते बेलौरीबाट बाख्रा चोरेर भाग्दै गर्दा पुनर्वास नगरपालिका–१,बलभद्रबस्तीबाट बाख्रा सहित मोटरसाईकलमा सवार दुईजनालाई स्थानीयले समातेर आई.बी.आर.डी. स्थित अस्थायी प्रहरी पोष्टलाई बुझाएको थियो ।

    Article inline ad #1
  • बाख्रा हराएका धेरै व्यक्तिहरु आई.बी.आर.डी. चौकीमा पुग्न थालेपछि बाख्रा सहित उनीहरु दुबैजनालाई त्यहाँबाट ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पु¥याईयो ।

    Article inline ad #2

    उनीहरुसँगै ५ /६ जना बाख्रा पालन किसानले प्रहरीमा तत्कालै निवेदन समेत दिए । तर नयाँ शैलीमा देखिएका दुई जना बाख्रा चोरबाट दुई जना किसानको असुली गराई अन्य पिडित निवेदकलाई जानकारी नगराई कात्र्तिक ५ गते प्रहरीले चोरलाई सजिलै आफन्तको जिम्मामा छाडेको खुल्न आएको छ ।

    चोरीको बाख्रा सहित बरामद भएपछि प्रहरीले निवेदकहरुबाटै मुद्धा दर्ताका लागि कदम चाल्नुपर्ने थियो । यता ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले भने अलि फरक ढंगबाट चोरलाई उन्मुक्ति दिईयो । प्रहरीले निवेदकहरुलाई कुनै जानकारी नगराई चोरलाई छाडेपछि अहिले बाख्रा पालन किसान प्रहरी कार्यालय धाउँदै गर्दा समेत चासो नदिँदा चोर पक्षबाट पैसा खाएर चोरलाई उन्मुक्ति दिएको प्रहरी माथी नै आरोप छ ।

    असोज २ गते घर अगाडी बाधेको खसी मोटरसाईकलमा आएका दुईजनाले लगेको भन्नले सुनेपछि आफु ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको सिसिटिभी क्यामेरा हेर्न पुगेको र ईन्सपेक्टरसँगै बसेर आफुले क्यामेरा हेरेको पुनर्वास–११, अमरबस्तीका कृष्ण सुनारले बताए ।
    तर क्यामेरामा उनीहरु नदेखिएपछि खोजी गर्दै गर्दा कात्र्तिक ४ गते दुईजनालाई बेलौरीबाट किसानले लखेटेर प्रहरीलाई बुझाएको सुनेपछि आफुले पनि सोहि दिन प्रहरीमा निवेदन दर्ता गराएको हुँ । चोरसँग छलफल नै नगराई उनीहरुलाई प्रहरीले छाडेछ । पछि बुझीलाने मान्छे झिकाइदिन अग्रह गर्दा पनि केहि दिन देखि प्रहरीले अटेर गरिरहेको पिडित निबेदन सुनारले गुनासो पोखे ।
    यस्तै, अर्का पिडित मोतिराम रानाको पनि गुनासो उस्तै छ । आफुहरु अर्को पालिकाको भएको र सदैब इप्रका आउँजाउ गर्न समेत समस्या भईरहेको छ । प्रहरीले आफ्नो निवेदनमाथी कुनै प्रतिक्रिया नजनाएपछि प्रहरीकै गल्तीका कारण थप पिडा महसुस भएको सुनाए ।

    शुक्लाफाटा–१२ बस्ने सुनिता रानाले पनि बेलौरीमा निवेदन दिएको र पुनर्वासमा समेत जानकारी गराएको बताईन । तर चोरलाई छाडेको प्रहरीले अहिले आएर शुक्लाफाँटा प्रहरीलाई भन्न भन्दै आफुलाई फर्काइदिएपछि मार्कामा परेको उनको भनाई छ ।

    यस बिषयमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरिक्षक महेश बिक्रम शाहीलाई बुझ्दा सो बिषयमा आफु धेरै जानकार नरहेको जवाफ दिए ।

    “मुद्दा शाखाका प्रहरी सहायक निरिक्षक नृप बहादुर शाहले के कसरी चोरलाई छाडे आफुलाई थाहा नभएको र आफु लालझाडी–१ मा भएको राना दम्पती हत्या प्रकरणको अनुसन्धानमा थिए । पछि छाडिएको चोेर र उनीहरुलाई बुझ्ने ब्यक्तिलाई पटक पटक कार्यालयमा आउन ताकेता गर्दा समेत नआएको तर समातेको दिन स्विकार नगरेपनि अर्को दिन बेलौरीबाट बाख्रा चोरेको उनीहरुले स्विकार गरेको थिए ।” प्रहरी निरिक्षक शाहीले भने,

    यतिबेला ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले गरेको यस्तो हर्कतले निवेदकले दुःख मात्रै पाईरहेका छैनन् । प्रहरीले चोरबाट रकम असुलेर छाडेको आरोप समेत खेपीरहेका छन् । यस घटनाले त्रिभुवनबस्ती प्रहरीमात्रै हैन सिँगो नेपाल प्रहरीको रुपलाई उदाङ्गो बनाईदिएको देख्न सकिन्छ । आम नागरिकले प्रहरीलाई कसरी बुझ्ने ? के प्रहरी यस्तै गलत गतिविधिको संरक्षणबाट कमाई गर्ने संगठन हो ? यस्ता गतिविधिबाट प्रहरी सच्चिन जरुरी देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by