Above Article Ad
  • पुनर्वास नगरपालिकामा आम्दानी भन्दा खर्चमा जोड, मापदण्ड बढी देखियो इन्धनमा खर्च

    Above Article Content Ad
  • कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले एक वर्षमा खाना खाजा, सभा सञ्चालन र विविध शीर्षकमा मात्रै १९ लाख बढी खर्च गरेको पाइएको छ। नगरपालिकाले एक आर्थिक वर्षमा खाना खाजा सभा सञ्चालन तथा अन्य विविध शीर्षकमा १९ लाख लाख ६३ हजार ४ सय ६३ रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार उक्त रकम खर्च भएको जनाएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था रहे पनि विविध खर्चलाई आन्तरिक आयको आकारसँग कायम गरी खर्चको औचित्य पुष्टि हुने गरी निश्चित विषयवस्तु मापदण्ड बनाई मितव्ययी कायम गर्न पालिकाको ध्यान जानु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।

    Article inline ad #1
  • Article inline ad #2

    यस्तै सो पालिकाले इन्धन खर्च मापदण्ड भन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयबाट जारी कार्य सञ्चालन निर्देशिका, २०७७ मा सवारी साधन प्रयोग गर्ने व्यक्तिलाई सोही अनुसार विभिन्न परिमाणमा इन्धन उपलब्ध गर्न सकिने व्यवस्था छ । तर पालिकाले मापदण्ड भन्दा बढी १८ लाख ८० हजार एक सय ३० रुपैयाँ इन्धनमा खर्च गरेको छ ।

    पालिकाबाट प्राप्त पालिकामा देहाय अनुसारको सवारी साधन रहेकोमा निर्देशिकाले तोकिएको मापदण्ड अनुसार  २८ लाख ७४ हजार ९ सय ५७ रुपैयाँ खर्च हुनु पर्नेमा स्थानीय तहको लेखा प्रणालीमा इन्धन खर्च रु.४७ लाख ५५ हजार ८७ रुपैयाँ खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6