Above Article Ad
  • सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सवार गाडी दुर्घटना

    Above Article Content Ad
  • बझाङ । बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ।

    सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएको हो।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • बझाङका सहायक जिल्ला प्रमुख अधिकारी सत्यकुमार जोशीका अनुसार मन्त्री सवार गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडामा सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

    Article inline ad #2
  • दुर्घटनामा मन्त्री सिंहसहित चार जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ।

     

    दुर्घटनाका घाइते बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button