Above Article Ad
  • मुख्यमन्त्री शाहद्वारा राना थारु संग्राहलय र कालेश्वर मन्दिरको अवलोकन 

    Above Article Content Ad
  • पुनर्वास । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पुनर्वास नगरपालिका १ मा रहेको  राना थारु संग्राहलय र नजिकै रहेको कालेश्वर महादेव मन्दिरको पनि अवलोकन गरेका छन् ।
    शनिवार दिउसो मुख्यमन्त्री शाहले  निमार्णको दुवै ठाउँको अवलोकन गरेका हुन् ।  अवलोकनका क्रममा मुख्यमन्त्री शाहले आफू पहिलो पटक यस क्षेत्रमा आएकोले आगामी दिनहरूमा यस क्षेत्रको विकासका लागि लाग्ने बताए । उनले संग्राहलय र मन्दिरका थप संरचना निमार्णको लागि आफ्नै स्रोत साधनलाई मिलाएर अघि बढ्ने बताए ।
    पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा रहेको सो राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागको आर्थिक सहयोगमा निर्माण भएको सङ्ग्रहालय नगरपालिकालाई हस्तान्तरण भइसकेको छ ।
    कुल ६ करोड ३१ लाख ७२ हजार २ सय ३५ रुपैयाँमा निर्माण सम्पन्न भएको हो । यद्यपि भौतिक संरचना बने पनि संग्राहलयका लागि चाहिने बस्तुकला, चित्रकला, पौराणिक गरगहना तथा राना थारु समुदायको सँसकृति झल्किने अन्य सामाग्री नहुँदा संग्राहलय अलपत्र अवस्थामा पुगेको छ ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button