Above Article Ad
  • पुनर्वास नगरपालिकाद्वारा ७७ करोड ८१ लाख ६४ हजारको बजेट सार्वजनिक

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रु. ७७ करोड, ८१ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ ।

    शुक्रबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षतामा आयोजित नगर सभा तथा तेह्रौँ अधिवेशनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । पुनर्वास नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ,  स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगर उपप्रमुख रानाले बताईन्।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • त्यस्तै प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५६ लाख ५० हजारसम्म रकम विनियोजन गरिएको उनले जानकारी दिए । नगर सभाले शुक्रबार नै उक्त नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले जानकारी दिए। यस्तै नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चार जनालाई सम्मान गरेको छ ।

    Article inline ad #2
  • सुरक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल, स्वास्थ्य क्षेत्रको सुधारका लागि रेबिज र सर्पदश उपचारको व्यवस्थाका लागि आर्थिक सहयोग गरी योगदान पुर्‍याउने डा.तारानाथ ढकाल, सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पुनर्वासका पास्टर खडक सिंह तामाङ र शिक्षा क्षेत्र सुधारमा योगदान पुर्‍याउने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेललाई सम्मानित गरेको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button