
पुनर्वासमा स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष श्रवण सहित सदस्यहरुले गरे पार्टी प्रवेश
Above Article Content Ad
कंचनपुर – कंचनपुरको पुनर्वास नगरपालिकामा स्वतन्त्र पदबाट निर्वाचित वडाध्यक्ष सहित सदस्यहरुले पार्टी प्रवेश गरेका छन् ।
शनिबार एक कार्यक्रमका बीच पुनर्वास नगरपालिका-८ का स्वतन्त्र वडाध्यक्ष राना श्रवण सहित ४ जना वडा सदस्यहरु नेपाल परिवार दल पार्टीमा प्रवेश गरेका हुन् ।
Article inline ad #1
प्रवेश गर्ने वडा सदस्यहरुमा दिपेश मल्ल, देवि कार्की, लक्ष्मी सुनार र दुलेराम राना रहेका छन् ।
उनीहरूलाई नेपाल परिवार दल पार्टीका केन्द्रिय अध्यक्ष तथा माननीय एकनाथ ढकालले टीका,फुलमालाले सम्मान गर्दै पार्टीमा प्रवेश गराएका थिए ।
Article inline ad #2
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षको कार्यकाल पूरा गरेका श्रवणले २०७९ को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनीसंग प्रतिद्वन्द्वी रहेका अर्का उम्मेदवारसंग दोब्बर मतले विजयी भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
Below Article Content Ad