Above Article Ad
  • बिओपी थापाचोकले ग¥यो ४२ हजार बढीको सामान भन्सार चलान, ५ हजार बढीको डीउ नष्ट

    Above Article Content Ad
  • बेलौरी : कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याई बेवारीसे अवस्थामा छाडेको कपडा तथा किराना सामान बरामद गरी भन्सार चलान गरीनुका साथै अखाद्य पेयपदार्थ डीउ नष्ट गरीएको छ ।
    बेलौरी–०२, वनशक्ति मन्दिर सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपालको क्षेत्रमा ल्याउदै गरेको ४२ हजार ५ सय ४० रुपैया मुल्य बराबरको कपडा तथा किराना सामान बरामद गरी भन्सार चलान गरेको छ । साथै ५ हजार ५ सय रुपैया बराबारको प्रतिबद्धीत अखाद्य पेय पदार्थ डिउ नष्ट गरेको छ ।
    शनिबार बोर्डर आउट पोष्ट थापाचोकका सशस्त्र प्रहरी निरिक्षक टिकाराम रावलको कमाण्डमा खटिएको ४ जनाको मोटर साइकल गस्ती टोलीले ४२ थान टिसर्ट कलरवाला, ३६ थान बच्चाको कट्ट, ९० थान ह्याण्ड क्याप र ४६ थान स्याण्डो बरामद गरेको हो । यस्तै ४ बोरा भुजा र ९० किलो गुड बरामद गरी भन्सार चलान गरीएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट थापाचोकले जनाएको छ ।
    बरामद अखाद्य पेयपदार्थ डीउ जनप्रतिनिधि, स्थानीय, र पत्रकारकोे रोहबरमा नष्ट गरिएको बोर्डर आउट पोष्ट थापाचोकले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button