Above Article Ad
  • पृथ्वी पशुपालन महिला सहकारीको लेखा परिक्षण

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास ८ स्थित पृथ्वी पशुपालन महिला सहकारी संस्थाले सामाजिक लेखा परिक्षण सकेर सहकारी शिक्षा सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
    सहकारीले कारितास नेपालको आर्थिक साहायतामा सञ्चालित जीविको पार्जन तथा उत्थान आंसिक लगानी कार्यक्रमको सामाजिक लेखा परिक्षण सम्पन्न गरेको हो । सहकारीले संचालक , लेखा सुपरिवेक्षण समितिका सदस्यहरूका लागि सहकारी शिक्षा सम्बन्धि तालिम शुक्रवार देखि सञ्चालन गरेको छ । पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले तालिमको उद्घाटन गरेका थिए ।
    सहकारी शिक्षा सम्बन्धी आयोजित तालिममा सहकारी अभियन्ता डिल्लीप्रसाद शर्मा र दानबहादुर रावलले सहजीकरण गरेका थिए । शुक्रवार आयोजित कार्यक्रममा हिंसा पीडित १४ जना बालबालिकालाई पोशाक , कापी तथा स्टेसनरी बितरण गरिएको थियो । सहकारीकी अध्यक्ष निर्मला बिष्टको अध्यक्षता सम्पन्न कार्यक्रममा व्यवस्थापक पुष्पा रोकाया बिष्टले सञ्चालन गरेकी थिइन् ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button