Above Article Ad
  • सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुँदै

    Above Article Content Ad
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ लागि आज बजेट प्रस्तुत गर्दै छ ।आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ ।

    यस वर्ष सङ्घीय सरकारबाट पाउने अनुदान र राजस्व सङ्कलन कम भएकाले प्रदेश सरकारको बजेटको आकार घट्ने सम्भावना रहेको छ। चालु आर्थिक वर्षको बजेटको तुलनामा झन्डै साढे पाँच अर्ब बजेट घटेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने अनुमान गरिएको छ ।

    Article inline ad #1
  • आगामी आर्थिक वर्षको लागि ३२ अर्बको हाराहारीमा बजेट आउन सक्ने सम्भावना रहेको बताइएको छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button