Above Article Ad
  • बेलौरीका सीमानाकामा भारतीय गहँुको तस्करी बढ्दो

    तस्करसँग सशस्त्र प्रहरी कमाउधन्दामा,दुई सय क्विन्टल गहँु नेपाल प्रहरीको फन्दामा

    Above Article Content Ad
  • बेलौरी–कञ्चनपुरको बेलौरीका खुला सीमा नाकाहरुबाट सुरक्षा निकायकै संरक्षणमा हिजोआज भारतीय गहँको तस्करी बढ्दो छ ।
    बेलौरीको बैशाखी,फटिया,भुडा लगायतका क्षेत्रबाट भारतीय गहँुको सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै संरक्षणमा तस्करहरुले तस्करी गर्ने गरेको तथ्य बाहिरिएको हो ।
    तस्करी बढिरहेका बेला मंगलबार ईलाका प्रहरी कार्यालय बेलौरीले भुडा नजिक कलकत्ता ल्याउँदै गरेको भारतीय दुई ट्रालीमा करिब दुई सय क्विन्टल बढि गहँु नियन्त्रणमा लिएको छ ।
    बेलौरीका प्रहरी प्रमुख गौरी प्रसाद जैशीले भारतबाट ल्याउँदै गरेको दुई ट्राली गहँु नियन्त्रणमा लिएपनि ट्रेक्टर र तस्कर भने भाग्न सफल भएको बताए ।
    उनले सीमामा देखिएको गहँु लगायतको तस्करी पूर्ण नियन्त्रण गर्न आफु लागिरहेको र यस अघि पनि विभिन्न समयमा साईकल सहित ५० क्विन्टल बढि तोरी,३ ट्राली उखु सहित मान्छे नियन्त्रणमा लिई भन्सार बुझाएको जानकारी दिए ।
    नियन्त्रणमा लिएको गहुँ सहितको ट्राली आवश्यक कार्वाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली बुझाईएको प्रहरी निरिक्षक जैशीको भनाई छ ।

    सीमामा हुने अवैध गतिविधि नियन्त्रण र सीमा सुरक्षाका लागि पछिल्लो समय सशस्त्र प्रहरीका बिओपीको संख्या बढेपनि तस्करी रोक्न भन्दा संरक्षणमा बढि देखिएको स्थानीयहरुको आरोप छ ।
    बेलौरीका खुल्ला सीमानाकाबाट सुरक्षा निकायकै संरक्षणमा बर्षेनी गहँ,तोरी,उखु लगायतको तस्करी हुने गरेको छ । यसकारण नेपाली किसानले समेत मुल्य पाउन नसकेको स्थानीय दिपक सिँह धामीले बताए ।
    बैशाखीका एक स्थानीयले नाम नबताउने शर्तमा बैशाखी नाका भएर सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा राती बाह्र बजेपछि दैनिक १४÷१५ ट्राली गहँुका ट्राली भित्रिने गरेको जानकारी दिए ।

    Article inline ad #1
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरायसी सामानहरुमा अवरोध पु¥याउने तर सेटिङमा लाखौ मुल्यको भारतीय गहँु सहितको ट्राली भने तस्करले निर्धक्क भित्राउने गरेको उनले बताए ।
    गहँ तस्करी गर्ने तस्करको गिरोहले यस अघि तोरी र उखु समेत तस्करी गरी ल्याउने गरेका थिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button