कञ्चनपुरको पुनर्वासमा ज्योति सामुदायिक पुस्तकालय भवनको उद्घाटन
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका ६ मा ज्योति सामुदायिक पुस्तकालयको उद्घाटन गरिएको छ । शुक्रवार सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिहँ रावलले एक कार्यक्रममा बीच सो पुस्तकालय भवनको उद्घाटन गरेका हुन् ।
२१० औँ भानु जयन्तीको अवसरमा नव निर्मित भवनको उद्घाटन गरिएको हो । फुर्सदको समयमा ज्ञान लिई यश क्षेत्रको शिक्षालाई अगाडि बढाउने उद्देश्यले पुस्तकालय भवन निमार्ण गरिएको हो ।तत्कालीन सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङको प्रदेश निर्वाचन विकास कोषबाट ८ लाख, सुदूरपश्चिम प्रदेशबाट १० लाख ३ लाख तत्कालीन जिविसबाट ३ लाख र पुनर्वास नगरपालिकाबाट ५ लाख गरी २८ लाखको लागतमा भवन निर्माण भएको ज्योति सामुदायिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले बताए ।
पुस्तकालयको भवनको उद्घाटन गर्दै निवर्तमान मुख्यमन्त्री रावलले पुस्तकालयको भवनको आफ्नो तर्फबाट गर्ने सहयोग गर्न तत्पर रहेको र प्रदेश सरकारलाई घच्घचाउने बताए । अधुरो पुस्तकालयलाई पूरा गर्नको लागि आफ्नो तर्फबाट गर्ने सहयोग गर्न तत्पर रहेको र प्रदेश सरकारलाई घच्घचाउने बताए ।
यस्तै कार्यक्रमको बिशिष्ट अथिती पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्माले पुस्तकालय व्यवस्थापन समिति परिवारलाई धन्यवाद दिए । आगामी दिनमा पनि अधुरो पुस्तकालय पूरा गर्नको लागि प्रमुख अथितिलाई आग्रह गरे ।नगरपालिकाले पनि आफ्नो तर्फबाट सहयोग गरिरहेकाले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए । सोही कार्यक्रममा युवा वैज्ञानिक तथा पुनर्वास ३ का स्थानीय प्रकाश गैरेलाई अभिनन्दन गरिएको छ । यस्तै पुस्तकालय परिसरमा वृक्षारोपण समेत गरिएको थियो ।