बेलौरीमा नियन्त्रण गरेको कुखुरा नष्ट, मोटरसाईकल र मान्छे भन्सार चलान
पुनर्वास–कञ्चनपुरको बेलौरीबाट अन्दाजी १ सय ६४ किलो अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ ।
सोमबार राति करिब २ बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा से.४ प. ५६८३ नम्बरको हिरो होन्डा मोटरसाइकल प्रयोग गरी लुकीछिपी ल्याउदै गरेको अवस्थामा बेलौरी नगरपालिका वडा नं ६ भुराकोट बाट पुनर्वास,बेलौरी कुखुरा ब्यवसायी समितिले पक्राऊ गरी कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय बेलौरीलाई बुझाएको हो ।
गस्ती टोलीलाई देखेपछि कुखुरा छोडी भाग्न खोज्दा कुखुरा सहित बेलौरी नगरपालिका वडा नं २ बस्ने कृष्ण चौधरी पक्राउ परेको पुनर्वास,बेलौरी कुखुरा ब्यवसाय उपसमितिका अध्यक्ष प्रकाश तामाङले जानकारी दिए ।
प्रहरीले बरामद गरी नष्ट गरिएको १ सय ६४ किलो कुखुरा नष्ट गरिएको र मोटरसाईकल सहित मान्छे भन्सार चलान गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक सन्दिप चन्द्र शाहले बताए ।
बरामद गरिएको कुखुरा बेलौरी उधोग वाणिज्य संघका प्रतिनिधि,जनप्रतिनिधि, बेलौरी पुनर्वास कुखुरा ब्यवासायी उपसमितिका पदाधिकारीहरु,पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी कुखुरालाई नष्ट गरिएको हो ।