Above Article Ad
  • पुनर्वासमा सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वासमा सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ ।

    पुनर्वास नगरपालिका द्बारा आयोजित उक्त प्रतियोगिता पुनर्वास नगरपालिका वडा नं–८ स्थित बागेश्वरी माविको खेलमैदानमा शुरु भएको हो ।

    Article inline ad #1
  • नगर प्रमुख तोय प्रसाद शर्मा, विशिष्ट अतिथि जीवन राज थापा, कुवेर खड्का र सभाध्यक्ष बल बहादुर तामाङले सयुक्त रुपमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुदघाटन पानसमा बत्ती बाली ब्यानर बाचन गरि उदघाट्न गरिएको थियो।

    Article inline ad #2

    प्रतियोगिताको उद्घाटन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनु भयो । उहाँले युवाहरूलाई अनुशासित बनाउन र विकासमा जोड्न खेलकुद महत्वपूर्ण माध्यम रहेको बताउनुभयो । उहाँले विद्यालयको पठनपाठनसँगै खेलकुदमा पनि लाग्न विद्यार्थीहरुलाई आग्रह गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई नगरले पुरस्कृत गर्ने जानकारी दिनु भयो ।

    तीनदिनसम्म सञ्चालन हुने यस प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्ला स्तरीय प्रदेश स्तरीय हुँदै केन्द्रीय स्तरको प्रतियोगितामा भाग लिने पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले बताउनु भयो । उहाँले पुनर्वास नगरपालिकाले खेलको विकासको निम्ति र खोलाडी उत्पादनका लागि पर्याप्त रकम छुट्याएको जानकारी दिदै अनुशासित भएर खेल खेल्न खेलाडी भाई बहिनीहरुलाई आग्रह गर्नुभएको थियो।

    यसैगरी कञ्चनपुरको दक्षिणी भेग खेलाडी उत्पादनको उर्वर भुमी रहेकोले नयाँ–नयाँ र उर्जाशील खेलाडीहरु बिगत बर्षहरुमा पनि उत्पादन गरेको स्मरण गर्दै सोही अनुसार खेलकुद क्षेत्रमा खेलाडी उत्पादन आजको आवश्कता रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खड्काले भन्नुभयो खेलाडी रास्ट्रको सम्पत्ति हो तसर्थ खेलकुद क्षेत्रको बिकासमा जिल्ला खेलकुद सदैव कटिबद्ध रहेको जनाउनु भयो ।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथिको रुपमा रहनुभएका निबर्तमान नगर प्रमुख एवम् राष्ट्रिय भलिबल खेलाडी जीवन राज थापाले आफु पनि भलिबल खेलाडी रहेको बताउँदै खेलकुदले समग्र देशको विकासमा टेवा पुर्याउने उल्लेख गर्नुभयो। उहाँले खेलकुद आफ्नो प्यासन रहेकोले खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यमा मात्र सीमित राख्न नहुने बताउँनुभयो ।

    पुनर्वास नगर खेलकुद बिकास समिति अध्यक्ष तथा कार्यक्रमका सभापति बल बहादुर तामाङले स्वास्थ्यको लागि मात्र खेल नभई समग्र विकासका निम्ति पनि खेल खेल्नुपर्ने बताउँदै खेललाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

    प्रतियोगितामा विभिन्न दूरीका दौड प्रतियोगिताहरु, सटपुट, भलिबल र कपर्दी लगायतका कार्यक्रमहरु भएका छन । तीन दिनसम्म जारी रहने प्रतियोगिताबाट कपर्दी, भलिबल हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याबलिँग थ्रो, विभिन्न दूरीका रिले दौड विधामा खेलाडीहरु छनोट हुने कार्यक्रमको संयोजन गरिरहेको बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा पुनर्वास नगरपालिकाभित्रका २५ विद्यालयका करीब १२ सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

    पुनर्वास नगर खेलकुद बिकास समितिका अध्यक्ष बल बहादुर तामाङको सभापतित्व र नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा डिल्ली प्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए भने उक्त कार्यक्रमलाई शिक्षक विरेन्द्र कार्की र निमित्त शिक्षा शाखा प्रमुख शङ्कर बोगटीले सञ्चालन गरिएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button