Above Article Ad
  • सीमा क्षेत्रको जमिन बैंकिङ कारोबार हुनुपर्ने सांसद तामाङको माग

    Above Article Content Ad

  • नेकपा एमालेका सांसद तारा लामा तामाङले गृहजिल्ला कञ्चनपुरका सीमावर्ती क्षेत्रबासीलाई जमिन धितोमा राखेर बैंकिङ कारोबार गर्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

    सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा उनले सीमावर्ती क्षेत्रका बासिन्दाले जमिन धितो राखेर बैंकिङ कारोबार गर्न नपाउँदा कठिनाई भोग्नु परेको बताए।

    Article inline ad #1
  • कञ्चनपुरको सीमावर्ती बासिन्दाहरुको जमिनको सरकारले मालपोत तथा सम्पत्ति कर लिने भए पनि बैंकहरुले धितोको रुपमा राखेर बैंकिङ कारोबार नगर्दा धितो राखी केही गर्न खोज्ने जनताहरु मारमा परेका तामाङको भनाइ थियो।

    Article inline ad #2

    ‘यथाशाक्य सरकारी बैंकहरुबाट भए पनि धितो सकारी बैकिङ कारोबार गर्न पाउने ब्यवस्था गरी दिन र निजी बैंकहरुलाई पनि सो ब्यवस्थाका लागि निर्देशित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

    सांसद तामाङले कञ्चनपुर र कपिलवस्तुका उखु किसानहरुको आर्थिक वर्ष ०७१/०७२ को पाउनु पर्ने अनुदान तत्काल उपलब्ध गराउन पनि सरकारसँग माग गरे।

    उनका अनुसार कञ्चनपुरका किसानले ३ करोड ८४ लाख र कपिलवस्तुका किसानले २ करोड ४८ लाख रुपैयाँ अनुदान पाउन बाँकी छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by