Above Article Ad
  • पुनर्वासमा ५२ जनाले गरे रक्तदान

    Above Article Content Ad
  • पुनर्वास, २८ असोज

    रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मुल नारा सहित पुनर्वासमा आईतवार रक्तदान गरिएको छ । पुनर्वास युवा समूह र द फंकी डान्स एण्ड जुम्बा स्टुडियोको संयुक्त आयोजनामा घटस्थापनाको अवसर पारेर रक्तदान गरेको पुनर्वास युवा समूहको अध्यक्ष प्रकाश गैरेले बताए ।

    Article inline ad #1
  • चाडपर्वको सिजनमा दुर्घटनाको जोखिम बढ्ने र रगतको समेत अभाव हुने अवस्थालाई मध्यनजर गर्दै रक्तदान गरिएको अध्यक्ष गैरेले बताए । यस्तै रक्तदान कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको नगरप्रमुख तोय प्रसाद शर्माले चाडपर्बको समयमा हुनसक्ने रगत अभावमा केही भएपनी राहात होस भन्ने उद्देश्यले रक्तदान गरिएको बताए । रक्तदान कार्यक्रम आयोजना गर्ने पुनर्वास युवा समूह र द फंकी डान्स एण्ड जुम्बा स्टुडियो लगायत सहयोगी सबैमा उहाले धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले पुनर्वास नगरपालिका र रक्त संचार केन्द्र धनगढी बिच सहमती भएको बताउदै कुनैपनि पुनर्वासका जनताले रगतका लागि पैसा तिर्न नपर्ने समेत बताए ।

    Article inline ad #2

    उनले त्यसका लागि बिरामी पुनर्वासको भएको खुल्ने कागजात वा नागरिकता आवश्यक पर्ने समेत बताए । यस्तै आईतवार भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । सो कार्यक्रममा ५ जना महिलाले समेत रक्तदान गरेका थिए । यस्तै ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक हेमराज भट्ट सहित ८ जना प्रहरीले प्रहरी दिवसको उपलक्ष्य पारेर सो कार्यक्रममा रक्तदान गरेका थिए भने सशस्त्र प्रहरी बल नेपाल पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक माधव जोशी सहित ३ जनाले रक्तदान गरेका थिए ।

    रक्तदान कार्यक्रम पुनर्वास नगरपालिका र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको सहयोगमा भएको थियो भने नेपाल स्वयसेबी रक्तदाता समाज कास्कीको सह आयोजनामा भएको थियो । यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको प्राबिधिक सहयोगमा रक्तदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button