
पुनर्वासमा नँया ट्राफिक प्रहरीको अपरेशन, सुरुवाती दिनमै ४० सवारीलाई कार्वाही
पुनर्वास– अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीमा नँया ट्राफिक प्रहरीको नेतृत्व आएसँगै अपरेशनमा कडाई गरिएको छ ।
बिहिबार सुरुवातीे दिनमै ट्राफिक प्रहरीका सहायक निरिक्षक राजेन्द्र बिष्ट नेतृत्वले साना तथा ठुला ४० सवारी साधनलाई कार्वाही गरेको छ ।
बिना हेल्मेट, कागजात नभएका र मोटरसाईकलमा तीन जना सवार गरेका गरेका साधनहरुलाई कार्वाही गरेको ट्राफिक प्रहरी सहायक निरिक्षक बिष्टले जानकारी दिए ।
ट्राफिक प्रहरी सहायक निरिक्षक बिष्टका अनुसार १७ सवारीबाट साँढे आठ हजार राजश्व संकलन भएको र २३ सवारीका कागजात कार्यालयमा रहेको बताए ।
आफ्नो कार्यकालमा ट्राफिक नियमको पूर्ण पालनाका साथ आफ्नो अपरेशनलाई निरन्तरता दिँदै अघि बढ्ने ट्राफिक प्रहरी सहायक निरिक्षक बिष्टको भनाई छ ।
दोदा केन्द्रित सवारी चेकजाँच मात्रै हैन, पुनर्वासका हरेक क्षेत्रमा चेकजाँच गर्छौ । उनले भने,
तर यता स्थानियहरुले ट्राफिक अपरेशनलाई गलत अर्थमा बुझेका छन् । सुरुसुरुमा आउने ट्राफिकहरुले कडाई गर्छन, पुरानो हुँदै गएपछि “जुनै जोगी आएपनि कानै चिरेका” भन्ने उखान झै हुन्छ । हेरौ अहिलेको नेतृत्वको यस्तै अपरेशन कहिलेसम्म हुन्छ ?