
पुनर्वासको दोदा किनारमा पहिचान नखुलेका सडेका तीन शव फेला
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वासमा पर्ने दोदा नदि किनारको उखु बारीमा पहिचान नखुलेका तीन जनाको शव फेला परेको छ ।
आईतबार दिउँसो ४ बजेतिर लालझाडी गाउँपालिका-१ मा पर्ने दोदा नदि किनारको उखुबारीमा दुईजना र पुनर्वास-१० स्थित दोदा किनारमा एक जना गरी तीन जनाको शव सडेको अवस्थामा फेला परेको हो ।
Article inline ad #1
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार उक्त फेला परेका शवहरु तत्कालका नभएर केहि समय पहिलेका शवहरु भएको जानकारी दिए ।
Article inline ad #2
“भेटिएका शवहरु पहिचान गर्न नसकिने र सडेको अवस्थामा छन् ।” प्रहरी निरीक्षक मल्लले भने, “शवलाई के गर्ने भन्ने विषयमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई बोलाएका छौ, उनीहरु पुगेपछि यसको व्यवस्थापन गर्छौ ।”
एउटा शवमा लुगा महिलाको जस्तो छ, भने दुई शव कंकाल जस्तो अवस्थामा भएको प्रहरी निरीक्षक मल्लले बताए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1
Below Article Content Ad