जनता बहुमूखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि अखिल(क्रान्तिकारी),नेविसंघ र अनेरास्ववियुको मनोनयन दर्ता
पुनर्वास– चैत्र ५ गते हने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विभिन्न दल निकटका विधार्थी संगठनहरुले मनोनयन दर्ता गराएका छन् ।
शनिबार पुनर्वासमा रहेको जनता बहुमूखी क्याम्पसमा तीन विधार्थी संगठन अखिल(क्रान्तिकारी),नेविसंघ र अनेरास्ववियुले मनोनयन दर्ता गराएका हुन् ।
अखिल (क्रान्तिकारी) तर्फ अध्यक्षमा मनोज साउँद, सचिवमा अस्मिता पौडेल
कोषाध्यक्षमा गंगा थापा,सदस्यहरुमा –सुरेश भुल, सागर बिक,सुस्मिता गुरुङ,मन्जु साउद र रमेश चौधरीको नाम सिफारिस गरिएको अखिल (क्रान्तिकारी )संगठनका केन्द्रिय सदस्य यादव सिंहले जानकारी दिए ।
त्यस्तै नेविसंघ र अनेरास्ववियुले भने आन्तरिक सहमतीमा उम्मेदवारहरु सिफारिस गरेको छ । अध्यक्षमा अनेरास्ववियुका तर्फबाट शकुन्तला मल्ल, सचिवमा नेविसंघको तर्फबाट सुशिल कुवँर,कोषाध्यक्षमा लक्ष्मी सिँह ठकुरी, सदस्यहरुमा प्रवेश पौडेल, बिमला थापा, सुरज बि.क., प्रदिप ठकुल्ला र विपना चन्दलाई सिफारिस गरिएको अनेरास्ववियुका पुनर्वास अध्यक्ष नन्दराज जोशीले जानकारी दिए । अध्यक्ष जोशीले उम्मेदवारमा चार–चार सदस्य मिलाएर अनेरास्ववियु र नेविसंघको संयुक्त टिम अगाडी बढाईएको बताए ।
शनिबार दल निकट तीन बिधार्थी संगठनको मनोनयन दर्ता भएपनि आईतबार कुनै दाबी विरोध भए दाबी गर्ने समय तोकिएको जनता क्याम्पस प्रमुख कर्णबहादुर बुढाले बताए ।