पुनर्वास नगरपालिकाकाे आयाेजनामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
Above Article Content Ad
कञ्चनपुर, फागुन ०९ । कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे आयाेजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
स्वास्थ्य शिविरमा महिलाका लागि निशुल्क स्तन क्यान्सरकाे चेकजाँच गरिएको हाे।
Article inline ad #1
पुनर्वास नगरपालिकाका ७६ जना महिलाको चेकजाँच गर्दा अाठ जना महिलामा स्तन क्यान्सरकाे शंकास्पद लक्षण भेटिएको थियाे । लक्षण देखिएकालाई समयमा नै उपचार गर्न चिकित्सकले सल्लाह दिनु भयाे ।
Article inline ad #2
स्तन क्यान्सरका कारण महिलाहरुकाे ज्यान समेत जान सक्ने भएकाले समयमै यसकाे निदान गरी उपचार गर्नु पर्ने स्तन क्यान्सर बिषेशज्ञ डाक्टर संजय पाण्डेले बताउनु भयाे । कामकाे ब्यस्तता र लाजका कारण महिलाहरु चेकजाँच नगर्दा जटिल समस्या निम्तिन सक्ने देखिन्छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad