
पुनर्वासमा काँग्रेसको मेयरमा उद्योगपति शर्मा सहित ९ जनाको आकांक्षी
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकामा मेयर पदका उम्मेदवारमा उद्योगपति नविन शर्मा सहित ९ जनाको आकांक्षी देखिएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आकांक्षीमा पुर्व मेयरका उम्मेदवार तोयप्रसाद शर्मा, भरतबहादुर बिष्ट, नगर सभापति शुकबहादुर तामाङ, डिबि लामा,शुकबहादुर तामाङ, अमरजन साउँद, हरि अधिकारी,र दिर्घ सिह ठकुरीको नाम छ ।
आकांक्षीहरु धेरै देखिएपनि गठबन्धनका कारण उम्मेदवार को हुने अहिलेसम्म टुङ्गो छैन् । पाँच दलिय गठबन्धन नै अन्यौलमा देखिएपनि तर निर्वाचन आयोगमा मनोनयन दर्ता मिति आज (आईतबारबाट) सुरु छ ।
यस अघि काँग्रेसका उम्मेदवारलाई हराउँदै एमालेबाट जिवनराज थापाले जितेका थिए । मेयर थापा नेकपा एमाले दुई पार्टीमा विभाजन भएपछि अहिले एकिकृत समाजवादीमा छन् । गठबन्धन भए पुनर्वासमा समाजवादीबाट अझै उनी मेयरमा दोहोरिने प्रबल सम्भावना देखिन्छ ।