Above Article Ad
  • मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मा रहेको मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । “एउटै अभियान एउटै अवाज, सुरक्षीत साकोस समुन्नत समाज भन्ने” मुल नाराका साथ साधारण सभा सम्पन्न भएको छ ।

    साधारण सभामा आर्र्थिक बर्ष २०८०÷८१ को बार्षिक प्रतिबेदन, आयव्यय र आर्थिक बर्ष २०८१÷८२ को प्रस्तावित आयव्यय तथा कार्ययोजना प्रस्तुत गरिएको थियो । सहकारीले आर्थिक बर्ष २०८०÷८१ मा ९२ लाख ६२ हजार ५ सय ८५ रुपैँया आम्दानी गरेको छ । भने ८३ लाख ६८ हजार ५ सय ६७ रुपैँया खर्च देखाउँदा सहकारीले ८ लाख ९४ हजार १८ रुपैयाँ शुद्ध नाफा कमाएको संस्थाको अध्यक्ष प्रेमलता देबि गौतमले जानकारी दिनुभयो । यस्तै आर्थिक बर्ष २०८१÷८२ को प्रस्तावित आय तर्फ १ करोड १८ लाख १७ हजार ५ सय र व्यय तर्फ १ करोड ०५ लाख ८ हजार ३ सय र शुद्ध नाफा तर्फ १३ लाख ९ हजार २ सय रुपैँयाको लक्ष्यका साथ आफुहरुले काम गरिरहेको उहाँले बताउनुभयो ।hhसाथै संस्थाको स्थिती बिवरण १० करोड ६ लाख ६३ हजार ६ सय ९१ रुपैया रहेको संस्थाले जारी गरेको प्रतिबेदनमा उल्लेख गरीएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथिको आसनबाट सुदुर पश्चिम सरकारको भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्रि बिर बहादुर थापाले सहकारीले यस क्षेत्रमा रहेका नागरीकहरुको पुँजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलि रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सहकारी संचालन गर्न त्यति सहज नभए पनी संस्थालाई दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यहरुको समान जिम्मेवारी रहने बताउनुभयो ।उहाँले सहकारीमा आबद्ध भएर खाली बचत गर्ने र ऋिण लिने नगरी भबिष्यका लागि सोचेर केहि नयाँ कामको थालनी गर्नुपर्ने बताउनुभयो । सहकारी किसानहरुको खेती जस्तो रहेको हुदा आफ्नो खेतीको हेरचाँह पनि आफैले गर्नुपर्ने भन्दै उहाँले शेयर सदस्यहरुलाई आफुले गरेको लगानी बारेमा सदैब चनाखो हुन आग्रह गर्नुभयो ।वि.सं. २०६३ सालमा २७ जना बाट सुरु भएको सहकारीमा हाल २ हजार ९ सय ८६ जना शेयर सदस्यहरु छन । कार्यक्रमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक समिती सदस्य तथा सुप प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधब प्रसाद जोशी, नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफस्कुन) का सदस्य दिप्ती शाही तथा पुनर्वास १० र ११ का वडाध्यक्ष सुकदेब राना र तुलसी अर्याल बिशिष्ट अतिथीमा रहनु भएको थियो। संस्थाको उपाध्यक्ष दुर्गा कुवरको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिब भरत बहादुर चन्दले गर्नु भएको थियो । साधारण सभाको सम्पुर्ण ब्यवस्थापन संस्थाका ब्यवस्थापक रमेश रानाले गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्यहरु, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button