Above Article Ad
  • यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायहरु माथी हुने भेदभाव सम्बन्धी चलचित्र “निलो फुल” धनगढीमा प्रदर्शन

    भुइँमा समेत बसेर हेरे दर्शकले चलचित्र ,समाज रुपान्तरणका लागि सकारात्मक सोचको बिकास हुन आवश्यक रहेको दर्शकको प्रतिक्रिय

    Above Article Content Ad
  • कैलाली / ९ फागुन २०७९ सुदूरपश्चिम प्रदेशको धनगढीमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायहरु माथी हुने भेदभाव सम्बन्धी निर्मित चलचित्र “निलो फुल” धनगढीमा प्रदर्शन भएको छ।

    मंगलबार धनगढीमा अवस्थित एस टिएस सिनिमा हलमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायहरु माथी हुने भेदभाव सम्बन्धी चलचित्र “निलो फुल” प्रदर्शन गरिएको हो।

    Article inline ad #1
  • समलिङ्गी बिबाहले गर्दा यस समुदायका व्यक्तिहरु माथी समाजले हेर्ने दृष्टिकोण लाई चिरफार गर्ने र सकारात्मक सोचको बिकास होस् भनी समलिङ्गी जर्वजस्ती विवाह जस्ता समस्यालाई लिएर चलचित्र “निलो फुल” निर्माण गरिएको साथै कथाले समलिङ्गी महिला/ पुरुष बिपरित लिङ्ग प्रती बिबाह गर्नु भनेको नै अपराध हो ,यसको समस्या समाधान गर्नको लागि कुनै पनि राज्य निकायले निति निर्माण गर्नु , सरोकारवाला निकायले समेत ध्यान नपुग्दा समस्य खेप्नुपरेको छ,

    Article inline ad #2

    आगामी दिनमा सबै निकायले समलिङ्गी बिबाहको समस्या समस्या समाधानका गर्नका लागि यस समुदायको कुरा लाई उठानका लागि ध्यानाकर्षण होस् र जनचेतना मुलक सन्देशले समाज रुपान्तरणमा टेवा पुगोस् भनि चलचित्रको निर्माण गर्नु भएको हो,पुर्व संविधान सभा सदस्य सुनिल बाबू पन्तले बताउनु भयो। चलचित्र हेर्न सरोकारवाला निकाय ,आम समुदाय र बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो। उनिले चलचित्र हेरेपछि दर्शकहरुले समाजमा यौनिक तथा लैङ्गकि समुदाय लाई हेर्ने दृष्टि कोण सकारात्मक रहेको छ। चलचित्र हेर्दा धेरै कुरा आफुहरु लाई नयाँ समेत लागेको बताउनु भयो।

     

    समाजमा सकारात्मक सोच निर्माणका लागि पनि ठुलो योगदान रहने प्रतिक्रिया समेत बताउनु भयो । फिल्मले समाजमा रहेका यौनिक तथा लैङ्गकि समुदायमा समलिङ्गी बिबाहले भोग्नुपरेका समस्यालाई चित्रण गरिएको छ। नेपालका चारवटा जिल्लामा समेत प्रदर्शन गरिसके छ। सामुदायिक संघसंस्था , विश्वविद्यालय , सरकारी निकायले समलिङ्गी बिबाह माथि हुने नकारात्मक सोचलाई हटाउनको लागि यो चलचित्र लाई नि:शुल्क उपलब्ध समेत गराइने छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button