Above Article Ad
  • पुनर्वासकी दीपिक्षा र आरोही धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनालेमा

    Above Article Content Ad
  • धनगढी, १२ पौष ।
    कञ्चनपुरको पुनर्वास नगरपालिकाकी दीपिक्षा र आरोही धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनालेमा पुग्न सफल भएका छन् ।

    द ट्वीन्स अ कम्प्लिट इन्स्टिच्युटले आयोजना गरेकोे धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनालेमा पुनर्वास नगरपालिका–६, की ११ वर्षीय दीपिक्षा थापा र सोही नगरपालिका–४ की ११ वर्षीय आरोही बम्जन पुग्न सफल भएका हुन् ।

    Article inline ad #1
  • ्सुदूरपश्चिमकै नौ जिल्लाबाट दुई सय जनाको उल्लेख्य सभागितामा रहेको सो डान्स च्याम्पियनसिपमा ११ राउण्ड पार गर्दै दीपिक्षा र आरोहीसहित नौ जना फाइनललिस्टमा पुगेकाछन् ।

    Article inline ad #2

    दीपिक्षा र आरोही पुनर्वास नगरपालिका–३ आई.बी.आर.डी.स्थित द फन्की डान्स एण्ड जुम्बाका कोरियोग्राफर सन्तोष अवस्थीद्वारा प्रशिक्षित प्रशिक्षार्थीहरु हुन् ।

    दीपिक्षा र आरोहीलाई इ सेवा एपबाट DDC SEASON_4 दीपिक्षा भोटिङ कोड २४ र आरोही भोटिङ कोड २५ मा यही पौष २५ गतेसम्म भोटिङ गर्न सकिनेछ ।

    धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनाले यही पौष २५ गते हुने आयोजकले जनाएको छ ।

    निर्णय विवादरहित होस् भन्ने हेतूले मूल्याकंन सत्प्रतिशत भोटिङको आधारमा गरिने द ट्वीन्स अ कम्प्लिट इन्स्टिच्यूट अफ डान्स धनगढीका सञ्चालक केशव बलायरले जिकिर गरे ।

    द ट्वीन्स अ कम्प्लिट इन्स्टिच्यूट अफ डान्सले मौलिक कला र सांस्कृतिक क्षेत्रमा आफनो अब्बलता प्रदर्शन गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by