
भारतको मिलन बजार आसपासबाट फेला परे इट्टा र चक्कु प्रहार गर्ने सुनार
पुनर्वास -कञ्चनपुरको पुनर्वासमा शुक्रबार राति तीनजना माथि धारिलो हतियार प्रयोग गरी फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
पुनर्वास-६ स्थित मनकामना टोलमा स्थानीय राजु सुनारले मदिरा सेवन गरी सोही ठाउँका गोबिन्द सुनार सँग विवाद गर्दै ईट्टा र चक्कु जस्ता धारिलो हतियार प्रयोग स्थानीय सुनिता सुनारको निधार र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। यस्तै सुशिला सुनारको टाउकोमा तथा गोबिन्द सुनारको निधार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न राजु सुनार राति नै फरार भएका थिए। तर शनिबार इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलीले उनलाई मिलन बजार सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिनुभयो ।
घाइतेहरूको पुनर्वास स्थित आई.बि.आर.डी. पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।















