Above Article Ad
  • दैजी–डोकेबजार रास्वपाको पैदल यात्रा : कतै हिड्दै, कतै गुड्दै दबाब अभियान सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्ष सम्म पूरा नभएको भन्दै सरकार र ठेकेदारलाई दबाबका लागि सुरु गरेको पैदल यात्रा अभियान सम्पन्न गरिएको छ ।
    बुधबार देखि राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुर क्षेत्र नम्बर १ ले आयोजना गरेको सरकार र ठेकेदारलाई दबाबका लागि दैजी–डोकेबजार पैदल यात्रा अभियान बिहिबार कोणसभामा परिणत गर्दै डोकेबजारमा सम्पन्न गरिएको हो ।
    कोणसभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक सिँह धामीले डोकेबजार,बेलौरी र दैजी हुलाकी सडक खण्ड ३ वर्षमा सकिनुपर्ने ठेक्का अहिलेसम्म पनि पूरा नभएका कारण सरकार र ठेकेदारलाई दबाबका लागि पैदल यात्रा अभियानको सञ्चालन गरेको बताए ।
    दैजीबाट सुरु गरिएको पैदल यात्रा कतै हिड्दै, कतै मोटरहरुमा गुड्दै भ्रष्टचार, सुन तस्करी, मानव तस्करीमा लिप्त रहेको सरकारलाई घण्टी बजाएर जागरुक गरिरहेको अभियानका नेतृत्वकर्ता धामीको भनाई छ ।
    “यस क्षेत्रमा हुलाकी सडक खण्डको मात्रै समस्या नभएर स्थानीयहरुमा जनजिविका देखि जनसरोकारका विषयहरुको समस्या छ ।” उनले भने, “हाम्रो उद्देश्य समयमै सडक निर्माणका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराएर शिघ्र निर्माण गराउनु हो । ”

    विसं २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोब्बर समय बितिसक्दा पनि ३६ किलोमिटर सडक खण्ड मात्रै बनेको, पाँच पटक सम्म म्याद थपिदा पनि अझै २८ किलोमिटर सडक बन्न बाकी रहनु ठेकेदार र हुलाकी सडकका कर्मचारीको मिलेमतो भएको महशुस गरिएको भन्दै नेता धामीको आरोप छ ।Open photo

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button